युट्युव च्यानलमा चर्चा कमाउने बलिउड स्टार को को ? | Khabarhub Khabarhub

युट्युव च्यानलमा चर्चा कमाउने बलिउड स्टार को को ?


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हालैमा बलिउड अभिनेता विद्युत जमवालले युट्युबमा एक च्यानलको शुरुवात गरेका छन् ।

उनले आफ्नो युट्युब च्यानलमा पानी माथि दौडदै गरेको भिडियोलाई पहिलो भिडियोका रुपमा हालेका छन् । यसलागी विद्युतले लामो समय पानीमा दौडने अभ्यास गरेका थिए ।

यसबाट प्रष्ट हुन्छ, बलिउड स्टार केवल फिल्ममा मात्र नभई आफ्ना युट्युब च्यानलमा कति संवेदशनशिल छन् । यस्तैमा फिल्मबाहिर युट्युब च्यानलमा सफलता पाइरहेका बलिउडकर्मीको चर्चा गरौं।

१. आलिया भट्ट
आलिया भट्ट आफ्ना फ्यानहरु माझ आफ्नो युट्यूब च्यानल मार्फत ब्यक्तिगत जीवनमा जोडिएका विषयहरु शेयर गर्दै आएकि छन् ।

उनी आफ्नो मर्निङ रूटिन अन्र्तगत स्किन केयरसहित आफ्ना बिदाका दिनको चर्चा यस च्यानलमार्फत गर्दै आएकी छन् । यसका साथै उनको च्यानलमा बेस्ट फ्रेण्ड आकांक्षा रंजन कपूरको रमाइलो भिडियो हेर्न सकिन्छ ।

२. शिल्पा शेट्टी
अन्य बलिउड अभिनेत्रीका तुलनामा शिल्पा शेट्टी सामाजिक सञ्जालमा क्रियासिल रहन्छिन् । अन्य समयझै उनको सक्रियता लकडाउनमा पनि रह्यो । उनी आफ्नो च्यानलमा टिकटक भिडियो, कुकिंग र फिटनेस सम्बन्धित भिडियो शेयर गर्दै आएकि छन् । उनका भिडियो निकै चर्चामा रहने गरेका छन् ।

३. वरुण धवन
वरुण धवनले पनि सन् २०१९ को मार्चबाट यूट्यूब च्यानलको शुरुवात गरेका छन् । उनी इन्स्टाग्राममा पनि बिभिन्न कन्टेन्ट बनाउदै यसलाई शेयर गर्दै आएका छन् ।

युट्युबमा समेत उनले पार्टी, फ्यान्हरुसंगको कुराकानी लगायतका मनोरञ्जनात्मक भिडियो रहने गरेको छ ।

४. प्रियंका चोपडा
प्रियंका चोपडाको युट्युब च्यानलमा उनको जीवनका महत्वपुर्ण गतिविधिले स्थानपाउने गरेको छ । उनले आफ्नो च्यानल मार्फत यूनाइटेड नेसन्स जनरल एसेम्बलीको स्पिच शेयर गरेकि छन् । यस अलावा उनी यूनीसेफ ब्राण्ड एम्बेसेडरका रुपमा विश्वभर भेटेका बालबालिकाको भिडियो समेत शेयर गर्छिन् । प्रियंकाको युट्युब एमी अवार्ड र स्वच्छ भारत अभियानसंग जोडिएका भिडियो समेत रहने गरेका छन् ।

५. ज्याकलिन फर्नान्डेज
ज्याकलिन फर्नान्डेजले आफ्नो भिडियोमा नै आफ्नो समग्र परिचयदिँदै उनको परिवार, बालापन, पहिलो र्याम्पवाक, मिस श्रीलंका जित्दाको क्षण लगायतका महत्वपुर्ण घटना उनको च्यानलमा पाइन्छ ।

ज्याकलिनले केहि अघि बनाएको सर्ट मुभि समेत आफ्नो च्यानलमार्फत नै शेयर गरेकि थिइन् ।

६. काजल अग्रवाल
दक्षिण भारतीय चलचित्रकी चर्चित अभिनेत्री काजल अग्रवाल पनि आफ्नो युट्युब च्यानलमा उनको जीवनका रोचक घटनाहरु हेर्न पाइन्छ । उनी आफ्नो च्यानलमार्फत पायथन जस्ता खतरनाक सर्पसंग खेलेको भिडियो पनि शेयर भएको छ ।

यस अलावा उनको वर्कआउट्स भिडियो र अधत्यामिक भिडियो रहेको छ । उनको क्रेज फ्यानहरु माझ निकै छ ।

७. कार्तिक आर्यन
बलिउडका नवस्टार कार्तिक आर्यन आफ्नो यूट्यूब प्लेटफर्ममा पर्सनल लाइफसंग जोडिएका कैयौं भिडियो शेयर गर्दै आएका छन् । उनी आफ्नो च्यानलमा दैनिक रुटिन र अवार्ड् नाइटका भिडियोहरु शेयर गर्दछन् । कार्तिक आफ्नो भिडियो मार्फत रियल लाइफ पर्सनालिटीलाई जोड्ने गर्दछन् ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ९ : ४२ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को