धानखेत घट्दै, चामल आयात बढ्दै | Khabarhub Khabarhub

धानखेत घट्दै, चामल आयात बढ्दै



काठमाडौँ- आज असार १५, धान दिवस र रोपाइँ महोत्सव । नेपाली समाजमा असार ‘मानो रोपर मुरी उब्जाउने’ महिना मानिन्छ ।

नेपालले २०६२ साल असारदेखि प्रत्येक वर्ष धान दिवस मनाउँदै आएको छ । यस वर्षको धान दिवसको नारा ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ रहेको छ ।

यस वर्ष असार १५ सम्ममा २० प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ । गत वर्ष यस अवधिमा ११ प्रतिशत रोपाइँ भएको थियो । विभागका सूचना अधिकारी डा. महादेवप्रसाद पौडेलका अनुसार मनसुन छिट्टै सुरु भएकाले तराई र पहाडका खेतमा धमाधम धान रोपाइँ भइरहेको छ ।

नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४७ प्रतिशत जमिनमा धान खेती हुन गरेको छ । धान खेतीको क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी छ । कुल अन्नबाली उत्पादनमा ५३ प्रतिशत धानको हिस्सा रहेको छ ।
संसारमा करिब १६ करोड ७१ लाख हेक्टरमा धान खेती भई ७८ करोड २० लाख मेट्रिक टन उत्पादन हुने गरेको र यसको ९० प्रतिशत उत्पादन तथा खपत एशियाली मुलुकहरूमा हुने गरेको तथ्यांक छ ।

उत्पादनको दृष्टिले विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश चीन रहेको छ । यसपछि क्रमशः भारत, इन्डोनेशिया, बंगलादेश, भियतनाम प्रमुख धान उत्पादक राष्ट्रहरू हुन् । नेपाल १७औँ स्थानमा पर्छ ।

समुद्री सतहबाट तराईमा ६० मिटरदेखि संसारको सबैभन्दा उच्च स्थान जुम्लाको छुमचौरमा ३ हजार मिटर उचाइसम्म धानको खेती गरिन्छ ।

मुलुकको कुल गार्हस्थ उत्पादनमा २६ दशमलव ५० प्रतिशत अंश कृषिको रहेकोमा धानको मात्र योगदान १५ दशमलव ३५ प्रतिशत योगदान रहेको कृषि विभागले जनाएको छ ।

वार्षिक उत्पादन ५० लाख मेट्रिक टन

विभागको तथ्यांकअनुसार नेपालमा वार्षिक ५० देखि ५५ लाख मेट्रिक टन धान उत्पादन हुने गरको छ । देशभर वार्षिक करिब ७० लाख मेट्रिक टनसम्म धान खपत हुने गर्छ । नपुग चामल विदेशबाट आयात हुने गरेको छ ।

आर्थिक वर्ष २०७३/७४ मा ५२ लाख ३२ हजार मेट्रिक टन र आर्थिक वर्ष ०७४/७५ मा ५१ लख ५१ हजार लाख मेट्रिक टन धान उत्पादन भएको थियो भने । चालु आर्थिक वर्षमा १४ लाख ५८ हजार हेक्टर क्षेत्रफलबाट ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको छ ।

गत वर्षको तुलनामा धानखेतको क्षेत्रफलमा क्रमशः २ दशमलव २० प्रतिशत र उत्पादनमा १ दशमलव ०५ प्रतिशत कम भए पनि उत्पादकत्व भने १ दशमलव २ प्रतिशतले बढेको कृषि विभागको तथ्यांक छ ।

चामल किन्न बाहिरिन्छ वार्षिक ३० अर्ब

धान उत्पादन र उत्पादकत्व बढ्दै गए पनि अपुग चामल विदेशबाट आयात हुने गरेको छ । चामल आयातमा वर्षेनी करिब ३० अर्ब रुपैयाँ बाहिरिने गरेको विभागका सूचना अधिकारी पौडेलले खबरहबलाई बताए ।

उत्पादन वृद्धिको प्रयास

धान खेतलाई उद्योगसँग आबद्ध गरी आत्मनिर्भरता र समृद्धि हासिल गर्ने राष्ट्रिय आकांक्षा हासिल गर्न तीनै तहका सरकारहरूबाट रणनीतिक प्रयासको सुरुवात भइरहेको विभागका महानिर्देशक कञ्चनराज पाण्डेले बताए ।

पाण्डेले भने, ‘वर्षे धानमा उत्पादकत्व वृद्धि तथा चैते धानको क्षेत्रफल विस्तार, सम्भावनाका आधारमा बोरो तथा घैया धानको क्षेत्रफल र उत्पादकत्व वृद्धिका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।’ उत्पादन वृद्धिका लागि उन्नत जातको प्रयोगलाई बढवा दिन हालसम्म नेपालमा तराई, मध्य पहाड र उच्च पहाडको लागि सूचित गरिएका खुला सेचित र हाइब्रिड गरी धानका १३० जात सिफारिस भएका छन् । वर्णशंकर जातको बढ्दो मागलाई ध्यानमा राखेर २ वटा स्वदेशी हाइब्रिड जातहरू सूचित हुने प्रक्रियामा छन् ।

धानको उत्पादकत्व वृद्धिका लागि रासायनिक मलको सहज तथा सुलभ उपलब्धताको लागि अनुदानसहित मलखाद वितरणलाई विशेष प्राथमिकतामा राखिएको पाण्डेको भनाइ छ ।

उनका अनुसार उन्नत बीउविजन प्रयोग मात्रले १५ देखि २० प्रतिशत उत्पादकत्व वृद्धि गर्न सकिने तथ्य ध्यानमा राखेर काम भइरहेको छ । आर्थिक वर्ष २०७७/७८ मा संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा धानको स्रोतबीउ र उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान एवं उन्नत बीउ प्रयोगकर्तालाई मूल्य अनुदान लगायतका प्रवर्द्धन कार्यक्रमहरू सञ्चालित छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानहरूलाई प्रतिस्पर्धी बनाई बचत सुनिश्चित गर्न अङ्गीकार गरेको ‘सुंरक्षित कृषि, सुनिश्चित बचत’ को नीति कार्यान्वयनका लागि न्यूनतम समर्थन मूल्य र कृषि बीमा कार्यान्वयनको व्यवस्था गरिएको छ ।

न्यूनतम समर्थन मूल्यको प्रभावकारी कार्यन्वयनका लागि बाली लगाउनुअघि नै मूल्य निर्धारण गर्ने काम यस वर्ष पहिलोपटक सुरु गरिएको छ । स्थानीय तहमा खाद्य बैंक लगायतका पूर्वाधार तथा संरचना विकासका लागि विशेष जोड दिएको विभागका अधिकारीको भनाइ छ ।

स्वदेशमै परिमाण हुन सक्ने परिमाणमा धान उत्पादन गर्न नसक्दा विदेशबाट चामल आयात गर्नुपरेको छ । उत्पादकत्व र उत्पादन बढाउन नसके बढ्दो जनसंख्याका लागि चामल आयत पनि बढ्दै जानेछ ।

खेतीयोग्य जमिन खण्डीकरण, घडेरीकरण र श्रमशक्तिको अभाव मुख्य समस्या हुन् । सिँचाइ, भण्डारण र बजार पूर्वाधार पर्याप्त नुहुनुजस्ता कारणले पनि धान उत्पादन बढ्न नसकेको कृषि विभागका अधिकारीहरू बताउँछन् ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ९ : १३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन