दाङ पुग्यो सलह किराको झुण्ड | Khabarhub Khabarhub

दाङ पुग्यो सलह किराको झुण्ड


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – भारत हुँदै नेपाल प्रवेश गरेको सलह किराको झुण्ड दाङ पनि देखिएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेमा आइतबार सलह किरा फेला परेका हुन् । कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालकाअनुसार खाद्रेमा सानो झुण्डमा सलह किरा देखा परेको र त्यसले बालीनालीमा क्षति पुर्‍याएको छैन ।

स्थानीयले धेरै संख्यामा फट्यांग्रा उडेको देखेपछि कृषि ज्ञान केन्द्र दाङको टोलीलाई खबर गरेको र उक्त फट्यांग्रा सलह नै भएको नेपाल कषि अनुसन्धान परिषद (नार्क) ले पुष्टि गरेको हो ।

ती सलह किरा कपिलवस्तु हुँदै दाङसम्म आइपुगेको अनुमान गरिएको छ ।

तराईका जिल्लामा शनिबार दिउँसो पहिलो पटक देखा परेका सलहका बथान एकै दिनमा भित्री मधेश र पहाडका केही जिल्लाहरुमा फैलिसकेको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ७ : ४९ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको