आर्सनल एएफए कपको अन्तिम चारमा प्रवेश | Khabarhub Khabarhub

आर्सनल एएफए कपको अन्तिम चारमा प्रवेश


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एफए कप फुटबल प्रतियोगितामा आर्सनलले सेफिल्ड युनाइटेडविरुद्ध संघर्षपूर्ण जित हात पारेको छ । आइतबार राति भएको क्वाटरफाइनलमा सेफिल्ड युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्सनलले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

सेफिल्डको घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन निकोलस पेपे र ड्यानियल सेबालसले समान एक–एक गोल गरे ।

खेलको २५ औं मिनेटमा सेफिल्डका खेलाडीले फाउल गर्दा आर्सनले पाएको पेनाल्टीमा पेपेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, ८७ औं मिनेटमा डाभिड म्याकगोल्ड्रिकले गोल गर्दै सेफिल्डलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

निर्धारित समयसम्म खेल १–१ गोल बराबरी भएको थियो । तर, इन्जुरी समयमा ड्यानियलले गोल गर्दै आर्सनललाई २–१ गोलको जित दिलाएका हुन् ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ६ : ३४ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या