रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा | Khabarhub Khabarhub

रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राती रियल मड्रिडले एस्पान्योलमाथि १-० को जीत दर्ता गरेको छ । क्यासेमिरोको निर्णायक गोलमा जीतसँगै रियलले अंक तालिकाको शीर्षस्थानमा स्पष्ट अग्रता लिँदै पकड जमाएको हो ।

रियलले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता लिन सफल रहयो । करीम बेन्जेमाले पेनाल्टी क्षेत्रभित्र ब्याकहिलमा दिएको पासलाई क्यासेमिरोले ६ यार्ड बक्सको भित्रबाट गोलमा परिणत गरे ।

सोही गोल नै रियलका लागि निर्णायक सावित भयो । जीतसँगै रियल म्याड्रिडले स्पेनिस ला लिगाको शीर्षस्थानमा २ अंकको अग्रता कायम गरेको छ ।

रियलको ३२ खेलमा ७१ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ६९ अंक रहेको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ५ : ३४ बजे

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको

डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको

बागमती प्रदेश सरकार विस्तार

हेटौंडा– बागमती प्रदेश सरकार विस्तार भएको छ ।  मुख्यमन्त्री शालिकराम

सरकारले भूमि बैंकको प्रस्ताव ल्याएकोमा किसान संगठनको आपत्ति

काठमाडौं– ६ किसान सङ्गठनहरूले भूमि बैंकको प्रस्ताव नल्याउन र राष्ट्रिय

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई सोधियाे स्पष्टीकरण

काठमाडौं– हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा,