विदेशबाट फर्किने नेपालीको व्यवस्थापन सहज रुपमा गरिन्छ : राज्यमन्त्री मानन्धर | Khabarhub Khabarhub

विदेशबाट फर्किने नेपालीको व्यवस्थापन सहज रुपमा गरिन्छ : राज्यमन्त्री मानन्धर


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विदेशबाट फर्कने नागरिकको वर्गीकरण गरी क्वारेन्टिन व्यवस्थापन गरिने बताएका छन् ।

खाडी मुलुकबाट नागरिक, युरोप तथा अमेरिकाबाट फर्कन चाहने नागरिक र भारतबाट फर्कने नागरिकको आर्थिक अवस्था र क्षमता वर्गिकरण गरी क्वारेन्टिन व्यवस्थापन गर्नुपर्ने मन्त्री मानन्धरले बताए ।

भारतबाट नेपाल प्रवेश गर्ने केही नाकाहरुमा क्वारेन्टिन व्यवस्थापनमा समस्या देखिएको बताउँदै सरकारले आवश्यक सहजीकरण गरिरहेको मन्त्री मानन्धरले बताए ।

केही स्थानमा समस्या देखिएपनि अधिकांश स्थानका क्वारेन्टिनहरुको व्यवस्थापन सहज र व्यवस्थित रहेको बताउँदै मन्त्री मानन्धरले देशभरका होटल तथा रिसोर्टहरुलाई पनि क्वारेन्टिन स्थल बनाउन सकिने बताए । सरकारले आवश्यक परे देशभरका होटल तथा रिसोर्ट र लजहरु प्रयोग गर्न सक्ने बताउँदै मन्त्री मानन्धरले विपद्का बेला सबैले साथ र सहयोग गर्नुपर्ने बताए ।

देशभर २० देखि ३० हजार होटलका कोठाहरु रहेको र लज तथा रिसोर्टहरुका कोठाहरुसमेत प्रयोग गर्न सकिने मन्त्री मानन्धरको तर्क छ ।

उनले विश्व स्वास्थ्य संगठनको मापदण्ड र संक्रमणको जोखिम कम गर्नका लागि पनि होटलहरुमा क्वारेन्टिन बनाउदा उपयुक्त हुने बताए ।

शुक्रबार सहरी विकास मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री मानन्धरले विदेशबाट फर्कनलागेका नागरिकको वर्गीकरण गरेर क्वारेन्टिन व्यवस्थापन गर्दा सहज हुने बताएका हुन् ।

देशभरका क्वारेन्टिनहरुको अनुगमन र सहजीकरणका लागि जिम्मेवारी पाएका मन्त्री मानन्धरले देशभरको क्वारेन्टिनहरुको अवस्था र आवश्यक कदमका लागि सुझावसहितको प्रतिवेदन बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका थिए ।

 

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ९ : ५४ बजे

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले

कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्म कैद

नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्म कैदको फैसला भएको

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं– सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार