पूर्वसैनिक हवाई महानिर्देशकलाई कारबाही गर्ने सैनिक अदालतको फैसला | Khabarhub Khabarhub

पूर्वसैनिक हवाई महानिर्देशकलाई कारबाही गर्ने सैनिक अदालतको फैसला


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सैनिक अदालतले पूर्वसैनिक हवाई महानिर्देशक पाईलट उपरथी सुधिर श्रेष्ठलाई सैनिक कारबाही गर्ने फैसला गरेको छ ।

सैनिक अदालतले अवकाश पाएका श्रेष्ठसँग उनले कार्यरत रहँदा हिनामिना गरेको ५८ लाख ९५ हजार असुलउपरगर्दै नसिहत दिने फैसला गरेको हो ।

अदालतले महानिर्देशकका रुपमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा सैनिक ऐन २०६३ बमोजिम उपरथी श्रेष्ठसहित आठ जना सैनिक अधिकृतहरुलाई सचेत र एकजना अधिकृत र नौ अन्य दर्जाका कर्मचारीलाई सफाई दिने फैसला गरेको हो ।

सैनिक अदालतले आठ सैनिक अधिकृतलाई आफूलाई प्राप्त जिम्मेवारिलाई प्रभावकारी रुपमा सम्पादन नगरेको ठहर गर्दै सचेत गराउने फैसला गरेको छ ।

सैनिक हवाई महानिर्देशनालयमा भएको आर्थिक अनियमितता अनुसन्धानका लागि रथीको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी बोडले ४ चैत २०७६ मा कारबाही अघि बढाउने प्रतिवेदन दिएको थियो ।

बोर्डले उपरथी श्रेष्ठसहित १९ जना प्रतिबादिहरु उपर सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको मुद्दा पुर्पक्ष गर्न बुझाएको प्रतिवेदनपछि रथीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालत १४ जेठमा गरेको फैसला शुक्रबार उनीहरुलाई सुनाइएको हो ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ९ : १५ बजे

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९