खेलाडीलाई मैदान फर्काउने तयारी ! | Khabarhub Khabarhub

खेलाडीलाई मैदान फर्काउने तयारी !

उच्चस्तरीय समितिको निर्णय कुर्दै राखेप


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा नोबेल कोरोना भाइरस (कोभिड १९)का कारण स्थगित भएका खेलगतिविधि पुन: सुचारु गर्नेबारे छलफल सुरु भएको छ ।

युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिष्द (राखेप) अहिले कोरोना भाइरसको संक्रमण बढ्दा रोकिएका खेल गतिविधिलाई कसरी पुरानै अवस्थामा फर्काउन सकिन्छ भन्ने विषयमा छलफलमा जुटेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अर्को सुचना जारी नभएसम्म खेलगतिविधि स्थगन गर्न फागुन अन्तिम साता दोस्रो पत्र काटेपछि अधिकाशं खेल गतिविधि बन्द भएका छन् ।

कोरोना भाइरसको जोखिम बढ्दै जाँदा सरकारले सामाजिक दूरी कायम गर्न चैत ११ गतेदेखि देश नै लकडाउन ग¥यो । नेपालमा अन्तिममा स्थगित भएको प्रतियोगिता शहीद स्मारक बी डिभिजन फुटबल लिग हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरकारको निर्देशन पालना गर्दै पहिलो १ साताका लागि लिग स्थगित गरेको थियो । तर, देश नै लकडाउन भएपछि अहिले जारी लिग पुन सुचारु हुन्छ वा हुँदैन भन्ने यकिन हुन सकेको छैन ।

देश लकडाउन गरिएको दुई महिना नाघेको छ । कोरोना भाइरसको जोखिम घट्ने भन्दा पनि नेपालमा जोखिम बढ्दै गएको छ । यसबीच नेपालसँगसँगै लकडाउन भएका देशहरुले आफु अनुकल हुनेगरि लकडाउन खुकुलो पार्दै गएका छन् ।

लकडाउन खुकुलो भएपछि युरोपको जर्मन, एसियाकै दक्षिण कोरिया र ताजकिस्तानलगायतका देशहरुमा अहिले फुटबल गतिविधि बन्द रंगशालामा भइरहेका छन् ।

नेपाल पनि अब धेरै समय यत्तिकै बस्न नहुने खेलकुद जानकारहरु बताउँछन् । लकडाउन लम्बिए पनि खेल क्षेत्रका लागि नेपालको अनुकुल हुनेगरि मापदण्ड बनाइ खेलाडीलाई अभ्यासमा फर्काउनु पर्ने माग भइरहेको छ ।

खेल संघहरु बन्द रंगशालामा भएपनि अभ्यासका लागि मैदान फर्किन सरकारले खेलकुद क्षेत्रका लागि गाइडलाइन निर्माण गर्नु पर्ने माग गरेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पा, नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द र एथलेटिक्सका प्रशिक्षक सुशीलनरसिंह राणा सरकार हातमा हात बाधेर बस्न नहुने बताउँछन् ।

‘अहिलेको समय सदुपयोग गर्नसक्नु पर्छ । यति बेला दीर्घकालिन योजनासहित खेलाडीलाई अभ्यासमा फर्काउनु पर्छ । कोरोना भाइरसलाई कारण देखाएर पञ्छिँदा भविष्यमा यसले असर गर्नेछ,’ मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) ले खेलाडीको प्रतिभा पहिचान गरेको बताउँदै प्रशिक्षक राणाले भने, ‘हाम्रो समुदाय सुहाउने प्रोटोकल बनाउँदै सरकारले खेलाडीलाई अभ्यासमा फर्किने अनुमति दिनुपर्छ ।’

नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ अन्तर्राष्ट्रिय स्तरमा लकडाउनकै बीच खेलकुद गतिविधि भइरहेको कुरा जोड्दै नेपाल पनि यत्तिकै लामो समय बस्न नहुने बताउँछन् । श्रेष्ठ युवा तथा खेलकुद मन्त्रालयले खेलकुदलाई कसरी मैदान फर्काउन सकिन्छ भन्नेबारे अध्ययन गरेर अभ्यासका लागि भएपनि खेलाडीलाई मैदान आउने वातावरण बनाउनु पर्ने बताउँछन् ।

‘लकडाउनमै मैदान फर्किने विषयमा अन्तर्राष्ट्रिय स्तरमा नयाँ अभ्यास सुरु भएको छ । यस विषयमा हामीले पनि सोच्नु पनि पर्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘हामीसँग उपलब्ध स्रोत साधनमा कसरी खेलाडीलाई सुरक्षित अभ्यासको वातावारण बनाउन सकिन्छ ? कस्तो प्रोटोकल बनाएर अगाडि बढ्दा हाम्रा लागि व्यावहारिक हुन्छ भन्ने अध्ययन मन्त्रालयले गर्नुपर्छ ।’

श्रेष्ठ नेपाली खेलकुदका भौतिक पूर्वाधार संरचना सरकारी रहेकाले मन्त्रालयले त्यसमा कस्तो रणनीति अपनाएर सुरक्षित साथ मैदान फर्किने भन्ने योजना बनाउन ढिला गर्न नहुने सुझाव दिन्छन् ।

एन्फा अध्यक्ष शेर्पा कोरोना भाइरसको जोखिमका बीच खेलाडीलाई अभ्यास गर्न सक्नेगरि सरकारले गाइडलाइन तयार पारेर अनुमति दिए आफुहरु तयार रहेको बताउँछन्।

‘सरकारले अनुमति दिनुपर्यो । मेडिकल गाइडलाइन इस्यु गर्नु पर्यो । त्यसपछि संघले पनि आफ्नो गाइडलाइन बनाएर सामान्य परिस्थिति तिर अगाडि बढ्छ,’ अध्यक्ष शेर्पाले भने, ‘बिना दर्शक खेलाउँछौं पनि राखेपलाई भनिसकेका छौं । अब सरकारको निर्णय कुर्नुको विकल्प छैन ।’

यस्तै, क्यान अध्यक्ष चन्द खेलाडीको अभ्यास सुरु गर्न सरकारको निर्देशनसँगै कसरी सुरु गर्ने, कति जनासम्म खेलाडीले सँगै अभ्यास गर्ने, कति जना मैदान प्रवेश पाउने जस्ता कुराहरुको स्पष्ट प्रोटोकल बनाउनु पर्ने माग राख्छन् ।

‘लकडाउन धेरै लामो जाने सम्भावना छ । त्यतिसम्म त्यतिकै कुरेर बस्नु भन्दा पनि सतकर्ताका साथ भाइरस नसर्ने मापदण्ड बनाइ दिन आग्रह गर्दछु,’ अध्यक्ष चन्दले भने ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश कुमार सिलवाल पनि खेलाडीलाई अभ्यासमा फर्काउने विषयमा छलफलमा जुटेको बताउँछन् ।

‘यसका विषयमा छलफल चलिरहेको छ । अहिले नै निष्कर्ष निस्किएको छैन । सरकारसँग पनि छलफल भइरहेको छ । कोरोना नियन्त्रणका लागि बनेको उच्च स्तरीय समितिमा पनि कुरा राखेको छौं । उहाँहरुले हामी छलपल गछौं भन्नु भएको छ,’ सदस्य सचिव सिलवालले भने ।

नेपालमा कोरोना संक्रमितको संख्या स्थिर हुँदा अभ्यास सुरु गर्ने बारे कुरा भएपनि फेरि यसले महामारीको रुप लिएपछि केही त्रास उत्पन्न भएको सदस्यसचिव सिलवालले बताए ।

अहिले तत्काल प्रोटोकल बनेर खेलाडी मैदान फर्किने अवस्था बनाउने तयारी भइरहेको सदस्य सचिव सिलवाल बताउँछन् ।

‘प्रतियोगितामा फर्किन समय लाग्ला । तर, अभ्यासका लागि ‘जुम’ मार्फत अभ्यास सुरु गरेका छौं । यसबाट खेलाडीको अभ्यासमा सुधार भने आएको छैन,’ सिलवालले भने, ‘अभ्यासलाई प्रभावकारी बनाउन मैदान नै उपयुक्त ठाउँ हो । अहिले प्रोटोकल बनाउन सुरु गरेका छौं ।’

खेलकुदका लागि बन्ने प्रोटोकल बनाउन ओलम्पिक कमिटिले साथ दिने बताउँदै अध्यक्ष श्रेष्ठले भने, ‘संरचना सरकार मातहत छ । कसरी खेलाडीलाई सुरक्षित राख्न सकिन्छ भन्ने अध्ययन गर्नुपर्यो । चुप लागेर बस्ने बेला होइन । योजना बनाएर अगाडि बढ्नुपर्छ मन्त्रालयले नेतृत्व गर्नुपर्छ । प्रोटोकल कसरी बनाउने भन्नेमा ओलम्पिक कमिटीले सहयोग गर्छ ।’

खेल संघहरुसँगको समन्वयमा मन्त्रालयले यस्ता गतिविधिहरु परिषदमार्फत् अगाडि बढाउन आवश्यक छलफल भइरहेको युवा तथा खेलकु मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बताए ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  १ : ५४ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न