समयमै 'सलह किरा' नियन्त्रणको उपाय नपनाए ठूलो क्षति हुने अनुमान | Khabarhub Khabarhub

समयमै ‘सलह किरा’ नियन्त्रणको उपाय नपनाए ठूलो क्षति हुने अनुमान

७० वर्ष अघि नेपाल आएका सलह किरा पुनः आउने सम्भावाना


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को महामारीले सबै क्षेत्रमा प्रभावित बनिरहेका बेला पश्चिमी क्षेत्रबाट सलह किरा नेपाल प्रवेश गर्ने सम्भावाना भएपछि किसानहरु चिन्तित बनेका छन् ।

सलह किरा नेपाल प्रवेश गरे यसले सम्पूर्ण कृषि क्षेत्रमा असर पुर्‍याउने किसानको चिन्ता छ । कृषिविदहरु पनि सलह नाम गरेका फट्यांग्राले नेपालको समग्र कृषि क्षेत्रमा असर पुर्‍याउने बताउँछन् ।

अहिले भारतको दिल्ली, उत्तर प्रदेश लगायतका विभिन्न स्थानमा सहलको बथान प्रवेश गरिसकेको छ । भारतसँग जोडिएको सबैभन्दा नजिकको मुलुक हो नेपाल ।

यदी बोर्डर हुँदै सलह नेपाल प्रवेश गर्‍यो भने सुदुरपश्चिमका विभिन्न जिल्लालाई प्रभावित बनाउन सक्ने कृषि विभागका पूर्व महानिर्देशक डा. दिल्लीराम शर्माले खबरहबलाई जानकारी दिए ।

के हो सलह किरा ?

सलह किरालाई अग्रेजीमा (लकस्ट) भनिन्छ । सलह त्यस्तो प्रकारको किरा हो यो उड्दा सुर्यको प्रकाश नै छेक्छ । धेरै मरुभूमि भएको स्थानमा यो किराको बढी प्रकोप हुन्छ ।

सलह किरा एक-अर्कामा झुम्दै बथान भएर उड्छन् । जहाँ एउटा बथानमा करिब ४ करोड भन्दा बढी किरा हुने गर्छन् । आजभन्दा ७० वर्षअघि नेपालमा सलह किरा देखिएको थियो ।

सलह किराले कुनै निश्चित बाली खाने भन्ने हुँदैन । यी किराले जहाँ हरियाली देख्छन् त्यही खाइदिन्छन् । जुन सिजनको बाली छ त्यही सिजनको बालीलाई सखाप पार्ने विभागका पूर्व महानिर्देशक शर्माले बताए ।

‘कतिपय किराहरु निश्चित अन्नमा मात्रै लाग्छन्’ उनले भने, ‘तर सलह किरा यस्तो प्रकारको किरा हो जसले हरियो बाली देख्नै हुँदैन ।’

३५ हजार व्यक्तिको खाना ४ घण्टामा खाइदिन्छ

सलह किराको बथानले करिब ३५ हजार व्यक्तिले एक दिनमा खाने खाना ३ देखि ४ घण्टामै सखाप पार्ने उनको भनाई छ ।

‘यी किराले ३ /४ घण्टामै करिब ३५ हजार मानिसले एकदिनमा खाने खाना खाइदिन्छन्’ शर्माले भने, ‘त्यस्तै १ सय ५० किलोमिटरसम्म उड्न सक्छ ।’

त्यसो त भारतमा धेरै पहिलेदेखि सलह प्रवेश भएको थियो । उनकाअनुसार भारतमा सन् १८१२ मा देखि सलहको प्रवेश भएको थियो ।

‘भारतमा समय समयमा यो किरा आइरहन्छ । त्यो नौलो होइन यसअघि युपीआरसम्म मात्र आइपुग्थ्योे’ शर्माले भने, ‘यसपटक युपीको नर्थपार्कसम्म आइसकेको छ । त्यसकारण नेपालमा प्रवेश गर्ने सम्भावना बढी छ ।’

भारत र नेपालको बोर्डर हुँदै सलह नेपाल प्रवेश गर्ने हुँदा भारत सरकारसँग पनि समन्वय गर्नु आवश्यक रहेको उनको भनाई छ ।

रोकथाम गर्न प्राविधिक समूह गठन

सलह किराको रोकथाम गर्नका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गत मंगलवार प्राविधिक समिति गठन गरेको छ ।

अफ्रिकी मुलुकबाट विभिन्न देश हुँदै भारतसम्म आइपुगेसँगै प्राविधिक समूह गठन गरेको मन्त्रालयले जनाएको छ ।

यो समूहले नेपालमा सलह आउन सक्ने सम्भावना र जोखिमका बारे अध्ययन गर्न थालेको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले खबरहबलाई जानकारी दिए ।

‘सलह किरा आउन सक्ने जोखिमको आधारमा किरा नआउँदै त्यसका लागि गर्नुपर्ने तयारीहरु र आएपछि गर्नुपर्ने व्यवस्थापनका बारे छलफल भइरहेको छ’ प्रवक्ता केसीले भने ।

न्यूनीकरण गर्न के गर्नुपर्ला ?

सलह किरा नेपाल पस्नु अगावै सरकारले यसलाई नियन्त्रण गर्न कदम चाल्नुपर्ने देखिन्छ । यसलाई व्यवस्थापन गर्न तत्काल समूह गठन गर्नुपर्छ ।

क्याम्वोरिया र लावामा पुगि सलह किराबारे बुझ्ने अवसर पाएको बताउँदै उनी सुनाउँछन्, ‘यी किरालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारे मैले केही बुझेर आएको छु ती देशबाट ।’

नेपालमा सलह आउन रोक्न स्थानीय, प्रदेश र केन्द्र गरी तीनै तहका सरकारको भूमिका रहने बताउँदै उनी भन्छन्, ‘आकस्मिक योजना बनाउनुपर्छ कुनै किराहरुको आउट ब्रेक हुँदा तत्कालिन त्यो किराको व्यवस्थापन गर्नका लागि इमरजेन्सी योजना बनाउनुपर्छ ।’

यदी योजना बनाउन सकिएन र किरा आइहाल्यो भने समस्या उत्पन्न हुन्छ र सबै आतिन्छन् ।

‘के गर्ने कसो गर्ने भन्दाभन्दै एकैदिनमा सबै सखाप पारिसक्छ त्यसकारण यो अन्य किरा जस्तो होइन पर्खौं र हरौं भन्न मिल्दैन’ उनले भने ।

‘पहिला प्राविधिकसहितको समूह बनाउने, सामग्री तथा औजारदेखि त्यसका लागि चाहिने कानुन समेत स्वीकृत गर्नुपर्छ’ तयारीबारे बताउँदै शर्मा भन्छन्, विदेशमा हवाइजहाजबाट स्प्रे छर्किरहेका छन् । नेपालमा त्यस्तो व्यवस्था छैन तर ड्रोनमार्फत विषादी प्रयोग गर्न सक्छौं ।’

मानिसको स्वास्थ्य र वातावरणलाई असर नपार्ने ‘मालाथिन ९६ प्रतिशत’ को विषादी प्रयोग गर्न सकिने उनको भनाई छ ।

किसान सचेत बन्नुपर्छ

कृषकहरु पनि यसबाट सचेत रहनुपर्छ । सचेत रहन सकिन्छ । जसका लागि बालीमा किराहरु उडेको छ कि छैन ख्याल राख्नु जरुरी छ ।

त्यसका लागि कृषकले मात्र होइन बोर्डरमा अहिले सुरक्षाका ट्राफिक प्रहरीहरु खटेका छन् ।

भन्सार, क्वारेनटिन लगायत सबै कार्यालयले यस्ता किरा उडेर आएको छ कि छैन सम्बन्धित स्थानीय, प्रदेश वा केन्द्रीय सरकारलाई खबर गर्नुपर्ने हुन्छ ।

‘किसान एक्लैले सलह किरालाई रोक्न सक्दैन तर यसमा किसानको पनि भुमिका रहन्छ’ खबरहबसँगको कुराकानीमा उनले भने, ‘कोरोना महामारी फैलिरहेका बेला सलह नेपाल प्रवेश गर्यो भने ठूलो क्षति पुग्छ ।’

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  १ : ०२ बजे

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार– धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

कांग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन