एकै दिन १७ जनामा कोरोना पोजेटिभ पुष्टिभएपछि कन्ट्याक्ट ट्रेसिङमा जोड | Khabarhub Khabarhub

एकै दिन १७ जनामा कोरोना पोजेटिभ पुष्टिभएपछि कन्ट्याक्ट ट्रेसिङमा जोड


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा बिहीबार १७ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले पिपरा गाउँपालिका, पिपरा स्वास्थ्यचौकीमा ५० शय्या र बर्दिबास नगरपालिकामा ५० शय्याको आइसोलेशन स्थापना गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको केन्द्रको बैठकले क्वारेन्टिनमा बसेकाहरुको कोभिड पोजेटिभ केसको कन्ट्याक्ट ट्रेसिङ्ग तथा ट्राभेल हिस्ट्री स्थानीय तहले स्वास्थ्यकर्मीबाट तथा बाहिर रहेकाहरुको जिल्ला स्वास्थ्य कार्यालयबाट लिने निर्णय गरेको छ ।

बैठकले कोभिड–१९ रोगको संक्रमण नियन्त्रणका लागि हरेक स्थानीय तहले डेडिकेटेड एम्बुलेन्सको व्यवस्था गरी सोको जानकारी डिसिसिएमसी महोत्तरीलाई गराउन स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

त्यस्तै जलेश्वर, भंगहा र मनरासिस्वा नगरपालिकाका क्वारेन्टिनमा कोभिड पोजेटिभ केस देखिएकाहरुको स्वाब संकलनका लागि आवश्यक पर्ने कम्तीमा २०० थान भिटिएमलगायत स्वास्थ्य सामग्री तथा जनशक्तिको व्यवस्था गर्न सामाजिक विकास मन्त्रालय प्रदेश नं २ जनकपुरधामलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  १२ : ३० बजे

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका