कोरोना भाइरस : विश्वभर ५९ लाखभन्दा बढी संक्रमित, ३ लाख ६२ हजारको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरस : विश्वभर ५९ लाखभन्दा बढी संक्रमित, ३ लाख ६२ हजारको मृत्यु


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीबाट विश्वभर ५९ लाख ४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख १६ हजार ३०४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५९ लाख ४ हजार ६५८ पुगेको छ ।

यस्तै एकैदिन अरू ५ हजार ६१ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ६२ हजार १० पुगेको हो ।

विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २५ लाख ७९ हजार ५३४ जना संक्रमण मुक्त भएका छन् ।

२९ लाख ६२ हजार ८६५ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५३ हजार ९७५ जनाको अवस्था गम्भीर छ ।

शुक्रबार बिहान ७ बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ७१ हजार ५६८ जनाको मृत्यु भएको छ ।

१९ लाख ६९ हजार ८९९ जना संक्रमित भएकोमा ९ लाख ४८ हजार ४९६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २० हजार ६२३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १९ लाख ८४ हजार ६७७ पुगेको छ । त्यसमध्ये ६ लाख २४ हजार ५७७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा २९ हजार १२० जनाको मृत्यु भएको छ । १० लाख ५१ हजार २६६ जना संक्रमित भएकोमा ६ लाख २१ हजार ७४७ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ३६ हजार ७३३ जनाको मृत्यु भएको छ । ७ लाख ५७ हजार ४८८ जना संक्रमित भएकोमा ३ लाख २० हजार ७७७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ३ हजार ८१४ जनाको ज्यान गएको छ भने १ लाख ३१ हजार ५८७ जना संक्रमित छन् । संक्रमितमध्ये ५५ हजार १२६ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२५ जनाको मृत्यु भएको छ । ८ हजार ७५९ जना संक्रमित भएकोमा ८ हजार १६२ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ३ हजार ३३० जनाको मृत्यु भएको छ ।

संक्रमित १७ लाख ६८ हजार ४६१ जनामध्ये ४ लाख ९८ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ७ : १० बजे

युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु

काठमाडौं– युनाइटेड अरब इमिरेट्स (युएई) मा आएको बाढीमा परी एक

अनमोलको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौं– सुपरस्टार अनमोल केसीको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक गरिएको

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार मन्त्री परिषद  विस्तार

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित

इन्डोनेसिया– इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा

बाल अस्पताललाई सांसद शर्माको २० लाख सहयोग

काठमाडौं– प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले वरिष्ठ मुटुरोग