राहत वितरणको विषयलाई लिएर कतै नाराबाजी, कतै तालाबन्दी | Khabarhub Khabarhub

राहत वितरणको विषयलाई लिएर कतै नाराबाजी, कतै तालाबन्दी


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनरुप– सप्तरीको कञ्चनरुप नगरपालिका–९ को कार्यालयमा स्थानीयवासीले ताला लगाएका छन् भने महादेवा गाउँपालिका–४ मा नाराबाजी गरेर राहत वितरण स्थगन गरेका छन् ।

राहत वितरणमा काखापाखा र अनियमितता भएको भन्दै कञ्चनरुप–९ को वडा कार्यालय र राहत राखिएको कोठामा वडावासीले मङ्गलबार ताला लगाएका हुन् । यस्तै महादेवा गाउँपालिका–४ मा राहत वितरणमा विभेद गरेको भन्दै नाराबाजी गरेपछि राहत वितरण स्थगन भएको हो ।

कोरोना सङ्क्रमणको विश्वव्यापी महामारी रोक्न गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन भएपछि गरिब तथा विपन्नलाई राहत वितरण गर्न कञ्चनरुप नगरपालिकाले वडा नं ९ लाई रु पाँच लाख चार हजार रकम पठाएको थियो । सर्वदलीय समितिको बैठकले ५०० घरधुरीलाई राहत वितरण गर्ने तयारी गरेको छ । सोमबारसम्म वडा नं ९ मा ४७५ घरधुरीलाई राहत वितरण गरिसकेपछि केही घरको नाम छुटेको भन्दै ताला लगाइदिएको वडाध्यक्ष लक्ष्मण यादवले जानकारी दिए ।

छाक टार्न समस्या भएका, अपाङ्गता भएका र विपन्न दलित समुदायले राहत नपाएकाले तालाबन्दी गरिएको स्थानीय भोला यादवले बताए । सर्वदलीय समितिको निर्णयबमोजिम राहत वितरण भइरहेको जनाउँदै वडाध्यक्ष यादवले एकै परिवारका सदस्यहरू राहत पाउन अलग–अलग परिवार बनेर राहतको दाबी गर्न थालेकाले राहत पुर्‍याउन गाह्रो भएको बताए ।

एउटै परिवारमा रहेका चारसम्मले राहत दाबी गर्दै तालाबन्दी गरेको भन्दै वडाध्यक्ष यादवले पुनः सबै दलका प्रतिनिधि बसेर समस्या समाधान गरिने जनाए । कञ्चनरुप नगरपालिकाको सबै वडाले अत्यधिक नामावली पेश गरेपछि कञ्चनरुप नगरपालिकाले राहत वितरणका लागि ४३ लाख एक हजार र प्रदेश नं २ सरकारले पठाएको १५ लाख जोडेर राहत कोषमा रु ५८ लाख एक हजार रकम छुट्याएको छ ।

यसैगरी महदेवा गाउँपालिका–४ बलियास्थित वडा कार्यालयमा भेला भएका स्थानीयवासीले राजनीतिक आस्थाका आधारमा विभेद गरिएको तथा अतिगरिब एवं विपन्न परिवार छुटाएको भन्दै नाराबाजी गरेर राहत वितरण स्थगन गरेका छन् ।

अतिविपन्नको नाम समावेश हुनुपर्ने र मापदण्डअनुसार राहत वितरण हुनुपर्ने नाराबाजी गर्नेको माग छ । वडाध्ययक्ष जुगेश्वर साहले राहत वितरणमा काखापाखा नगरिएको दाबी गरे । कूल एक हजार २०० घरधुरी रहेको वडामा ५८० परिवारको नामावली सङ्कलन गरेर सोहीअनुसार वितरण गर्न लाग्दा केही व्यक्तिले अवरोध पुर्‍याएको उनले बताए । छुटेका गरिब, विपन्नलाई पछि राहत दिने प्रतिबद्धता जनाए पनि होहल्ला गरी अशान्ति मच्चाएकाले तत्काल राहत वितरण स्थगन गरिएको उनले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १ : ०२ बजे

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै, विभिन्न सम्झौतामा हस्ताक्षर हुने

काठमाडौं– नेपालको दुई दिने भ्रमणमा आएका कतारका अमिर शेख तमिम

एशियन च्याम्पियन्स लिगबाट अल हिलाल बाहिरियो

काठमाडौं– साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ