राष्ट्र बैंकद्वारा सहुलियत : चैतभित्र तिर्नुपर्ने साँवाब्याज असारमा बुझाए हुने | Khabarhub Khabarhub

राष्ट्र बैंकद्वारा सहुलियत : चैतभित्र तिर्नुपर्ने साँवाब्याज असारमा बुझाए हुने


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै नेपाल राष्ट्र बैंकले सहुलियत घोषणा गरेको छ ।

बैंकले ऋणिले चैतमा तिर्नुपर्ने कर्जाको म्याद असार मसान्तसम्म सारिएको जनाएको छ ।

राष्ट्र बैंकका कार्यबाहक गभर्नर चिन्तामणि शिवाकोटी अब चैतमसान्तसम्म कर्जा तिर्नुपर्ने ऋणिहरुले असार मसान्तसम्म ऋण तिर्न सकिने बताए । यद्यपि तोकिएकै समयमा व्याज तिर्नेहरुको लागि पनि छुट्टै व्यवस्था गरिएको उनले बताए ।

राष्ट्र बैंकले आइतबार सर्कुलर जारी गर्दै चैतसम्ममा तिर्नुपर्ने कर्जा असारमा बुझाएमा हर्जाना नलाग्ने निर्णय गरेको हो।

चैतभित्रै ऋणको साँवा र ब्याज तिरेमा ऋणीले चैत महिनामा भुक्तानी गर्नुपर्ने मासिक त्रैमासिक ब्याजको रकममा १० प्रतिशत छुट पाउनेछन्।

सर्कुलरमा भनिएको छ,‘०७६ चैत महिनामा असुल गर्नुपर्ने मासिकरत्रयमासिक किस्ताहरुको (क्रेडिट कार्डसमेत) भुक्तानी ०७७ असार मसान्तसम्ममा हुने व्यवस्था मिलाउनु पर्नेछ । सो किस्ताको हकमा कुनै किसिमको थप शुल्क वा हर्जाना लिन पाइने छैन । किस्ता असुल नभएको कारणले कर्जालाई तल्लो वर्गमा वर्गीकरण गर्नु पर्ने छैन।’

 

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  १० : ४८ बजे

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

ताप्लेजुङ– ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ ।

१०७ वर्षअघिको विश्वास फर्काउँदै नरदेवी अस्पताल

काठमाडौं – शिक्षा र स्वास्थ्य आमनागरिकको सहज पहुँचमा नरहेको गुनासो

कोशी प्रदेशसभा बैठक बस्दै, संकल्प प्रस्ताव दर्ता गरिने

विराटनगर– कोशी प्रदेशमा राजनीतिक अन्योलताका बीच आज प्रदेश सभाको अधिवेशन

भारतको गुजरातमा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु

नयाँदिल्ली– भारतको गुजरातस्थित अहमदाबाद–वडोदरा एक्सप्रेस–वे मा भएको सवारी दुर्घटनामा १०

२९औँ वन्यजन्तु सप्ताहमा बूढीराप्ती सरसफाइ

चितवन– चितवनमा जारी २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी