कोरोना भाइरसको संक्रमणबारे जानकारी दिन स्वास्थ्य मन्त्रालयले ल्यायो नयाँ वेबसाइट | Khabarhub Khabarhub

कोरोना भाइरसको संक्रमणबारे जानकारी दिन स्वास्थ्य मन्त्रालयले ल्यायो नयाँ वेबसाइट


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनासँग सम्बन्धित सम्पूर्ण जनाकारी दिन नयाँ वेबसाइट तथा माेबाइल एप शुरु गरेको छ । स्वास्थ्य मन्त्रालयले आइतबारदेखि कोरोनाबारे जाकारी दिन covid19.mohp.gov.np नामक वेबसाइट शुरु गरको हो । सोही वेबसाइटमा गएर मोबाइल एपसमेत डाउनलोड गर्न सकिने छ ।

मन्त्रालयले बनाएको नयाँ वेबसाइटमा कोरोना संक्रमितको उपचार हुने अस्पतालको विवरण, उपलब्ध भएका सेवाको विषयमा पनि जाकारी दिइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए । यस्तै कोरोना संक्रमणको लक्षण देखिएका बिरामीले मन्त्रालयको वेबसाइटबाट नै सम्बन्धित निकायमा खबर गर्न सकिने व्यवस्था समेत रहेको छ ।

आइतबार नयाँ वेबसाइटको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री ढकालले उक्त वेबसाइटबाट कोरोना भाइरसको विषयमा सम्पूर्ण जानकारी हेर्न सकिने बताए । मन्त्री ढकालले मन्त्रालयले बनाएको नयाँ वेबसाइटले संक्रमित पहिचान गर्न र संक्रमितले सही समयमा उपचार पाउन सहज हुने बताए ।

‘नयाँ वेवसाइट र एप्सले कोरोना संक्रमित व्यक्ति पहिचान गर्न र पहिचान भएका व्यक्तिले अस्पतालबाट सेवा सुविधा लिन र सम्बन्धित व्यक्तिले पनि आफ्नो स्वास्थ्य सुविधाबारे जानकारी लिन सहज हुने छ,’ मन्त्री ढकालले भने, ‘संक्रमित पहिचान गर्न र तुरुन्तै उपचारमा ल्याउनुपर्छ भनेर सूचना दिन यो एप्स ल्याएका छौं ।’

मन्त्री ढकालले नेपालमा हालसम्म विदेशबाट आएका ५ जनामा कोरोना संक्रमण देखिएको र नेपालमै रहेकाहरुमा अहिलेसम्म संक्रमण नदेखिएको बताएका छन् । उनले ७ वटै प्रदेशमा ल्याबको सुविधा मिलाएर सबै प्रदेशमा कोरोना संक्रमणको परीक्षण गर्ने व्यवस्था मिलाउने बताएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ३ : ४४ बजे

भारतको गुजरातमा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु

नयाँदिल्ली– भारतको गुजरातस्थित अहमदाबाद–वडोदरा एक्सप्रेस–वे मा भएको सवारी दुर्घटनामा १०

२९औँ वन्यजन्तु सप्ताहमा बूढीराप्ती सरसफाइ

चितवन– चितवनमा जारी २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी

जलवायु परिवर्तनमा नेपालकाे योगदान छैन : अर्थमन्त्री

वासिङ्टन– अर्थमन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ