लकडाउनका बेला प्रदेश सरकारले गरिबहरुलाई खानाको व्यवस्था गर्ने | Khabarhub Khabarhub

लकडाउनका बेला प्रदेश सरकारले गरिबहरुलाई खानाको व्यवस्था गर्ने


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश नं २ सरकारले ‘लकडाउन’ अवधिभर प्रदेशभरिका गरिब र तथा दैनिक ज्यालादारीमा खट्ने मजदुरलाई भोजनको व्यवस्था गर्ने भएको छ । मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले लकडाउनका कारणसमस्यामा परेका गरिब र मजदूरको जीवन रक्षाका लागि प्रदेश सरकारका तर्फबाट भोजनको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

यसको व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय गरेर तत्कालका लागि महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाख रुपैयाँको दरले रकम पठाउने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

यसका साथै स्थानीय तहलाई समेत सोही अनुपातमा रकम राख्न आग्रह गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं मन्त्री यादवले बताए । सो कार्यका लागि प्रत्येक स्थानीय तहमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय समाजसेवी संस्था सम्मलित सर्वपक्षीय समिति गठन गरिने कार्यविधि बनाइने छ । कोभिड–१९ को उपचारमा खटिने चिकित्सकको जीवन बीमाका साथै शतप्रतिशत प्रोत्साहन भत्तासमेत दिइने निर्णय भएको छ ।

सर्वदलीय बैठक

सरकारले कोरोना रोकथामका लागि हालसम्म गरेको प्रयास र आगामी दिनमा लिइने नीतिबारे जानकारी गराउन सर्वदलीय बैठक बसेको थियो ।

सर्वदलीय बैठकमा मुख्यमन्त्री लालबाबु राउतसहित प्रदेशका मन्त्री, काँग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेपाल कम्युष्टि पार्टी (नेकपा)का नेता शत्रुधन महतो, किशोरी साह कमल र विभिन्न मन्त्रालयका सचिवसमेतको सहभागिता थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  २ : ५० बजे

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द