कोरोना संक्रमितसँगै कतार एयरवेजको जहाजमा आएका ५ जनाको रिपोर्ट ‘नेगेटिभ’ | Khabarhub Khabarhub

कोरोना संक्रमितसँगै कतार एयरवेजको जहाजमा आएका ५ जनाको रिपोर्ट ‘नेगेटिभ’


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपालमा कोरोना संक्रमितमध्ये २ जनायुवतीहरुसँगै कतार एयरवेजको जहाजमा स्वदेश फर्किएका चितवनका ५ जनाको नतिजा नेगेटिभ आएको छ । चैत ४ गते कतार एयरवेजको फ्लाइट नम्बर क्यूआर ६५२ बाट नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले अन्य यात्रुको पनि नमूना संकलन गरेर परीक्षण शुरु गरेको थियो ।

जसक्रममा बाग्लुङकी एक युवतीमा कोरोना संक्रमित पोजेटिभ देखिएको थियो । तर, चितवनका ५ जनाको भने नेगेटिभ रिपोर्ट आएको भरतपुर कोरोना विशेष अस्पतालले जनाएको छ । अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षणका क्रममा ५ जनाकै रिपोर्ट नेगेटिभ आएको हो ।

कोरोना सङ्क्रमित युवतीसँगै एउटै जहाजमा आएका भरतपुर महानगरपालिका–८ का भुवन कोइराला, उनकी श्रीमती सञ्जु कोइराला, भरतपुरका सुरेश गुरुङ, शम्भु नेपाली र उहाँकी श्रीमतीलाई अस्पतालमा क्वारेन्टाइनमा राखी स्वाब परीक्षणका लागि पठाइएको थियो । जिल्ला प्रशासन कार्यालय चितवनको आग्रहमा उनीहरु कोरोना अस्पताल पुगेका थिए ।

सोही एयरवेजमा आएका ६ जना चितवनवासी भएकामा १ जना भने काठमाडौंमा नै बसेका थिए । यस्तै भरतपुर कोरोना अस्पतालबाट पठाइएको अन्य ६ जनाको कोरोना परीक्षणको नतिजासमेत नेगेटिभ आएको प्रवक्ता डा अधिकारीले जानकारी दिइ ।

गत चैत ७ गतेबाट सञ्चालनमा आएको अस्पतालमा कोरोनाको लक्षण देखिएका २३ जनाले सेवा लिएका छन् । हाल ४ जनाको उपचार भइरहेको छ । अन्यको नतिजा नेगेटिभ आएसँगै घर पठाइएको अस्पतालले जनाएको छ । नतिजा नेगेटिभ आएकाहरुलाई घरपरिवारको निगरानीमा राख्ने गरी पठाइएको हो ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  १२ : ५१ बजे

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

काठमाडौं– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट

सुदूरपश्चिममा दुई मन्त्रीको जिम्मेवारी तोकियो

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ