न्यूनतम आवागमन खोलेर लकडाउन लम्ब्याउने सरकारको तयारी | Khabarhub Khabarhub

न्यूनतम आवागमन खोलेर लकडाउन लम्ब्याउने सरकारको तयारी

संक्रमित युवतीसँगै आएका १३४ क्वारेन्टाइनमा, ९६४ पर्यटकको उद्धार


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा गत आइतबार एक जनामा कोरानाको संक्रमण देखिएपछि मंगलबारदेखि लकडाउन गरेको सरकारले यसलाई अझ बढाउने तयारी गरेको छ ।

लकडाउनपछि अरू तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि न्यूनतम आवागमन खुलाउँदै लकडाउन बढाउने तयारी भएको हो ।

मुलुक लकडाउनमा जाँदा पनि संक्रमितको संख्या बढ्दै गएपछि सरकारले यस्तो निर्णय गर्न लागेको हो ।

‘सामान्य समझले पनि पूर्वानुमान त गर्न सक्छ, हामी सल्लाहमा छौँ,’ कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले भने, ‘दिउँसोका विकसित घटनाक्रम नियाल्दै बेलुकासम्म केही न केही सूचना दिन्छौँ ।’

भोलि सोमबारसम्म मुलुक लकडाउनमै छ । लम्ब्याउने कि नलम्ब्याउने भन्ने सोमबार दिनभरिमा निर्णय दिइने उनले बताए ।

सरकारले चैत ४ र ६ गते फ्रान्स हुँदै कतार र युएईबाट आएका नेपालीको विवरण खोज्दै उनीहरूलाई सम्पर्कमा ल्याउने काम पनि तीब्र पारेको छ ।

उक्त दुई उडानबाट आएका नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनीहरूसँगै आउने अरू यात्रुमा पनि संक्रमण हुने जोखिम उच्च रहेपछि उनीहरूको खोजी तीब्र पारिएको छ ।

ती दुई उडानबाट ३ सयभन्दा बढी नेपाली आएका थिए । उनीहरूको खोजी गरी क्वारेन्टाइनमा राख्न नेपाल प्रहरीलाई निर्देशन दिइएको छ ।

सरकारको निर्देशनपछि चैत ४ र ६ गते नेपाल आएका यात्रुको खोजी तीब्र पारेको प्रहरीले १३४ जना नेपालीलाई सम्पर्क गरी क्वारन्टाइनमा राखिसकेको जनाएको छ ।

यी सबै  चैत ४ गते कतार एअरवेजको विमानमार्फत् नेपाल फर्किएकाहरू हुन् ।

कोरोना भाइरस संक्रमण पुष्टि भएकी नेपाली युवतीसँगै क्युआर ६५२ उडानमार्फत् नेपाल आएका यात्रुमध्ये १३४ जना काठमाडौं, ललितपुर, रूपन्देही, झापा लगायतका ४८ जिल्लामा क्वारन्टाइनमा रहेको नेपाल प्रहरीका प्रवक्ता उमेशराज जोशीले खबरहबलाई जानकारी दिए ।

‘बाँकी यात्रुमध्ये ३ जना विदेशी र २१ जना नेपालीको पनि पहिचान भइसकेको छ,’ प्रहरीप्रवक्ता जोशीले भने, ‘तिनीहरुलाई पनि सम्पर्क गरिरहेका छौँ, अरू फ्लाइटबाट आएकाहरुसँग पनि सम्पर्क भइरहेको छ ।’

चैत ४ को उक्त उडानमा १५८ जना यात्रु नेपाल आएका थिए । चैत ६ गतेको फ्लाइटबाट त्यो भन्दा बढी यात्रु नेपाल आएको बताइन्छ ।

लकडाउनको पाचौँ दिन शनिबारदेखि न्यूनतम आवागमन खुला गरेपछि ठाउँठाउँमा अलपत्र परेका नेपाली र विदेशीको समेत उद्धार गरिएको छ ।

९६४ पर्यटकको उद्धार

न्यूनतम आवागमन खुला गर्ने उच्चस्तरीय समितिको निर्णयलगत्तै शनिबार ९६४ पर्यटकको उद्धार गरिएको छ ।

मंगलबारदेखि मुलुक लकडाउनमा परेपछि ताप्लेजुङ, सोलुखुम्बु, कास्की र मुस्ताङमा  अलपत्र परेका ९६४ जना जर्मनी, फ्रान्स र रसियाका नागरिकलाई उद्धारपछि सम्बन्धित मुलुक पठाइएको छ ।

‘शनिबार उद्धार गरिएकामध्ये ९१३ जना विदेशीलाई फ्रेन्च २ वटा र एउटा जर्मन फ्लाइटमार्फत गन्तब्यसम्म पठाइएको छ,’ पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मीले खबरहबसँग भने, ‘आज लुक्लामा रहेका ८० नेपाली गाइडसहित १७० जना विदेशीलाई काठमाडौं ल्याउँछौ ।’

उनीहरूलाई काठमाडौंसम्म ल्याएपछि उद्धारको प्रक्रिया रोकिने रेग्मीले जानकारी दिए ।

‘मुलुक लकडाउनकै अवस्थामा रहेको छ, यसको अर्थ यो हैन कि हामी निरन्तर क्रियाशिल भइसकेका छौं,’ रेग्मीले भने,  ‘सरकारले अलपत्र विदेशी र स्वदेशीलाई उद्धारका लागि शुक्रबार न्यूनतम पूर्वाधार खुल्ला गरेकाले त्यसको कार्यान्वयन गरिएको हो, अब यो काम सकिएपछि उद्धार रोक्छौं ।’

कोरोना संक्रमण फैलिन नदिन लिएको निर्णय र त्यसले जनजीवनमा पारेको प्रभावबारे समीक्षा गर्दै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण, रोकथाम तथा नियन्त्रण सम्बन्धी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समन्वय समितिको शुक्रबार भएको बैठकले शनिबारदेखि न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको थियो ।

तर न्यूनतम आवागमन खुल्लाको अर्थ आमरुपमा सर्वसाधारणलाई बाहिर निस्कने भन्ने नभएको उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव मैनालीले प्रष्ट्याएका छन् ।

अझै पनि नागरिकले बाहिर निस्कदा दूरी कायम गर्दै भीडभाडरहित अवस्थामा किनमेल र अत्यावश्यक काम गर्न उनले सुझाएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  १० : ०८ बजे

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको