सानिमा बैंकका ग्राहकलाई फ्युचर वर्ल्डमा एप्पल प्रडक्ट खरिद गर्दा छुट | Khabarhub Khabarhub

सानिमा बैंकका ग्राहकलाई फ्युचर वर्ल्डमा एप्पल प्रडक्ट खरिद गर्दा छुट


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सानिमा बैंक लिमिटेड र आस्ट्रल कम्प्युटर्स नेपाल प्रा.लि ‘फ्युचर वल्र्ड’ बीच छुट दिने सम्झौता भएको छ।

एप्पल प्रडक्ट आइफोन, आइप्याड, म्याकबुक लगायतका सामान खरिदमा बैंकका ग्राहकहरुलाई छुट दिने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आस्ट्रल कम्प्युटर्स नेपालप्रालिका तर्फबाट महाप्रबन्धक नवीन जोशीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी काठमाडौंको सुनधारास्थित सिभिलमल अवस्थित फ्युचर

वल्र्डमा एप्पलका प्रोडक्ट खरिद गर्दा छ हजारसम्म नगद तथा सात हजारसम्मका सामानहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।

यस्तै बैंकका ग्राहकहरुले बैंकको क्रेडिट कार्डमार्फत १८ महिनाको मासिक किस्ता भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  २ : ३४ बजे

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायल– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि