फलामको पाइपमा छुँदा करेन्ट लागेर एक जनाको मृत्यु | Khabarhub Khabarhub

फलामको पाइपमा छुँदा करेन्ट लागेर एक जनाको मृत्यु


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–१ एकपाटास्थित १६ वर्षीय स्वदेश थापाको केन्द्रीय प्रसारण लाइनको विद्युत् चुहावट भएको तारमा छुँदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

आमासँगै घाँस काट्नका लागि घर नजिकैको बारीमा गएको बेला फलामको पाइपमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भई उपचारका लागि धौलागिरि अञ्चल अस्पतालमा पुर्‍याउने क्रममा मृत्यु भएको थियो । मृतक भिमसेन माध्यमिक विद्यालय बिहुँमा कक्षा १० मा अध्ययनरत थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ८ : ०४ बजे

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा