५० मुलुकमा कोरोना फैलिएपछि विश्वव्यापी जोखिम अति उच्च भएको डब्लूएचओको चेतावनी | Khabarhub Khabarhub

५० मुलुकमा कोरोना फैलिएपछि विश्वव्यापी जोखिम अति उच्च भएको डब्लूएचओको चेतावनी

चीनपछि इरानको अवस्था भयाभह


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलने जोखिम अति उच्च भएको विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।

कोरोना फैलने क्रम तीब्र भएकाले  विश्वव्यापी जोखिम अति उच्च भएको डब्लूएचओले जनाएको छ ।

डब्लुएचओका प्रमुख डा. टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी अझ ठूलो चुनौतीको रुपमा खडा भएको जनाएका छन् ।

विश्वका ५० भन्दा बढी देशमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २८ सय मानिसको मृत्यु भएको छ भने ८३ हजार भन्दा बढी संक्रमित भएका छन् ।

मृत्यु हुनेमा २७ सय ९१ जना चिनियाँ नागरिक छन् । चीनमा संक्रमित हुनेको संख्या ७८ हजार ९ सय ६१ छ ।

चीनपछि इरानको अवस्था भयाभह

कोरोना भाइरसको प्रकोप चीनपछि इरानमा भयाभह देखिएको छ ।

बीबीसीका अनुसार कोरोनाका कारण इरानमा २ सय १० जनाको मृत्यु भएको छ । यो संख्या इरानको आधिकारिक तथ्यांक भन्दा कयौंले बढी हो ।

तस्वीर : गेट्टी इमेज

ज्यान गुमाउने तथा कोभिड–१९ बाट संक्रमित हुने अधिकांश राजधानी तेहरानका छन् । यस्तै कोम शहरमा पनि संक्रमितको संख्या धेरै रहेको जनाइएको छ ।

इरानले भने अहिलेसम्म आधिकारिक रुपमा कोरोना भाइरसका कारण ३४ जनाको मात्रै मृत्यु भएको बताउँदै आएको छ ।

दक्षिण कोरियामा २९ सय भन्दा बढी संक्रमित

दक्षिण कोरियामा एकै दिन ५ सय ९४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

योसँगै त्यहाँ कोरोनाबाट संक्रमित हुनेको संख्या २९ सय ३१ पुगेको छ । अहिलेसम्म कोरोनाकै कारण दक्षिण कोरियामा १६ जनाको मृत्यु भएको छ ।

इटलीमा पनि अवस्था उस्तै

इटलीमा पनि कोरोनाले महामारीको रुप लिएपछि नाजुक अवस्था सृजना भएको छ ।

शुक्रबार थप ४ जनाको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।  संक्रमितको संख्या पनि बढेको छ । यसअघि ६ सय ५० जना संक्रमित भनिएकोमा यो संख्या बढेर ८ सय २१ पुगेको छ ।

कोरोनाको संक्रमण बढेपछि १२ वटा शहरमा आवातजावत नै बन्द गरिए पनि महामारी रोकिन नसकेपछि रोकथामका अरु उपायहरु खोजी भइरहेको इटली सरकारले जनाएको छ ।

अन्य युरोपेली मुलुकहरुमा पनि कोरोनाको संक्रमण देखा पर्न थालेपछि सम्बन्धित देशका स्वास्थ्य अधिकारीहरुले सघन छलफल थालेका छन्।

जापानमा पनि कोरोनाले महामारीको रुप लिएपछि एक महिनालाई शैक्षिक संस्थाहरु बन्द गरिएका छन् ।

विश्वबजारको शेयरमा उथलपुथल

कोरोनाकै कारण संसारभरका शेयर बजारमा पनि उथलपुथल आएको छ । यो अवस्था सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कट यताकै सबैभन्दा खराब भएको विश्लेषण गरिएका छन् ।

कोरोनाभाइरसको प्रकोप फैलिएपछि लगानीकर्तामा देखिएको डरका कारण संसारभरको शेयर बजार ओरालो लागेको छ । लन्डनको फुट्सी १०० इन्डेक्स पनि तीन प्रतिशतभन्दा बढीले घटेको छ।

एशियाली शेयर बजारमा यसअघि नै प्रभावित भइरहँदा अमेरिकाको डाउ जोन्सको पनि सबैभन्दा ठूलो गिरावट भएको छ ।

तस्वीर : एएफपी

एशियामा जापानको शेयर बजार ३.७ प्रतिशतले घटेपछि यो साता कूल ९ प्रतिशतको गिरावट आएको थियो । भारतका निफ्टी ५० र सेन्सेक्स शेअर बजार दुवै लगभग तीन प्रतिशतले घटेको छ। चीनको साङ्घाई कम्पोजिट इन्डेक्स शुक्रवार ३.७ प्रतिशतले घटेको छ।

युरोपेली शेयर बजार पनि क्रमिक रुपमा ओरालो लागेका छन्। जर्मनीको शेयर बजार ३.६ प्रतिशतले घट्दा फ्रान्सको शेयर बजार ३.१ प्रतिशतले घटेको छ ।

अस्ट्रेलियाको शेअर बजार ३.३ प्रतिशतले घट्यो जुन सन् २००८ यताको सबैभन्दा ठूलो गिरावट हो ।

लगानीकर्ताहरूमा कोरोना भाइरसका कारण विश्वव्यापी आर्थिक मन्दी देखिने डरले उत्साहित नभएको बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  १० : ३८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन