भेडाबाख्रा चराउनेलाई अमेरिकाको नयाँ निर्देशिका | Khabarhub Khabarhub

भेडाबाख्रा चराउनेलाई अमेरिकाको नयाँ निर्देशिका


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –   अमेरिकाले भेंडा बाख्रा चराउने वा पाल्ने अस्थायी विदेशी कामदारहरूका लागि अन्य अस्थायी कृषि मजदुरहरू सरह मापदण्ड लागु गर्ने भएको छ ।

एच टु ए भिसाका बाख्रा वा भेंडा चराउने वा पाल्ने अस्थायी विदेशी कामदारहरूले अस्थायी वा सिजनल कामको परिपूर्तिमात्र गर्न सक्ने कुरा सुनिश्चित गर्न यो नीति जारी गरिएको जनाइएको छ ।

भेडाबाख्रा चराउनेहरुका आवेदनहरु पनि अरु अस्थायी वा सिजनल एच टु ए भिसाका आवेदन सरह नै प्रकयामा लगिने भएको छ ।

यदि आवेदकले भेडाबाख्रा चलाउनेहरुलाई ३ सय ६४ दिनका लागि नै बीचमा कुनै छुट्टीविना कामदारका रुपमा राख्न चाहेका खण्डमा त्यस्ता आवेदनहरु अस्वीकार गरिने युएससीआईएसले जनाएको छ ।

रोजगार दाताले अस्थायी र सिजनल आवश्यकताका रुपमा त्यस्ता कामदार चाहिएको कुरा अनिवार्य पुष्टी गर्नुपर्नेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ९ : ३८ बजे

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको