अध्यक्ष्यद्वय ओली–प्रचण्डको प्रतिवेदनः पार्टीको अनुशासनमा नबस्नेमाथि यस्तो छ कारबाहीको प्रस्ताव | Khabarhub Khabarhub

अध्यक्ष्यद्वय ओली–प्रचण्डको प्रतिवेदनः पार्टीको अनुशासनमा नबस्नेमाथि यस्तो छ कारबाहीको प्रस्ताव


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पेश गरेको  प्रतिवेदनमा पार्टी अनुशासन र पद्धति विपरित बोल्ने, लेख्ने, भेला–बैठक गर्नेमाथि कारवाही गर्ने प्रस्ताव गरिएको छ ।

आजबाट शुरु भएको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा यस्तो प्रस्ताव गरिएको हो ।

नेकपाका नेताहरु नै सरकार र पार्टी नेतृत्वविरुद्ध वपपक्षीभन्दा कडा रुपमा सार्वजनिक आरोपमा उत्रिएको बेला राजनीतिक प्रतिवेदनमा यस्तो प्रस्ताव गरिएको हो ।

यस्तो छ पार्टी एकता सदृढ गर्ने सम्वन्धमा प्रतिवेदनको निचोड

पार्टी एकताको ऐतिहासिक महत्व र देशको राजनैतिक विकासमा एकताले खेलेको असाधारण भूमिकाबारे माथि नै चर्चा गरिसकिएको छ । तर, पार्टी एकता प्रक्रियालाई पूर्णता दिन भएको ढिलाई, पार्टीको आधिकारिक र व्यवस्थित प्रकाशन, प्रचार प्रशिक्षण र स्कूलिङको अभावका कारण आज पार्टी संगठन कमजोर अवस्थामा रहेका छन । पार्टी संस्थागत छैन ।

बरु विभिन्न प्रकारका गुटहरू सक्रिय रहेका छन । पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृतिहरू कायम छन । पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा छ । पार्टी अनुशासनको स्थान गुट अनुशासनले लिने हो कि भन्ने खतरा दिनप्रतिदिन बढ्दै गएको छ । आलोचना, आत्मालोचना, राम्रो काम गर्नेलाई प्रोत्साहन गल्ति गर्नेलाई दुरुत्साहन गर्ने जस्ता सजिव र गतिशील कम्युनिष्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालनाको स्तर निकै कमजोर अवस्थामा छ ।

उपरोक्त स्थितिमा सुधार ल्याउन बिचार र विधिमा स्पष्टता सहित दृढ इच्छाशक्ति र सङ्कल्पका साथ अगाडि बढ्नुको विकल्प छैन । विद्यमान स्थितिलाई सुधार गरी पार्टी एकतालाई सुदृढ गर्न निम्न कुराहरूमा विशेष ध्यान दिनै पर्दछ ।

क) पार्टीको मार्ग दर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवादको दर्शन, राजनीतिक अर्थशास्त्र एवम वैज्ञानिक समाजवादका बारेमा व्यवस्थित र योजनावद्ध स्कूलिङ सञ्चालन गर्ने कामलाई पार्टीको आधारभूत कामका रुपमा अगाडि बढाउनु पर्छ । माक्र्सवाद–लेनिनवादका आधारभूत सिद्धान्तबारे आधारभूत र उपल्लो स्तरसम्मको ज्ञानका लागि आवश्यक परिक्षा प्रणाली समेत अपनाउनु जरुरी छ ।

ख) पार्टीको राजनैतिक प्रतिवेदन र विधानबारे सिंगो पार्टी पंक्तिमा व्यवस्थित प्रशिक्षण सञ्चालन गरी बुझाईमा एकरुपता ल्याउन जरुरी छ । आज हाम्रो पार्टीको रणनैतिक लक्ष्य र आधारभूत कार्यक्रम समाजवाद हो तथा तात्कालिन ठोस कार्यक्रम समाजवाद उन्मूख ‘जनताको जनवाद’ हो भन्ने कुरा स्पष्ट गरिनु पर्दछ ।

ग) पार्टी इतिहासमा कमरेड मदन भण्डारी र जवजको योगदान तथा माओवादी जनयुद्ध र एक्काइसौं शताब्दीको जनवादको योगदान बारे राजनैतिक प्रतिवेदनमा गरिएको विश्लेषण र सश्लेषणलाई व्यवस्थित रुपले पार्टीमा स्थापित गरिनु पर्दछ । नयाँ राजनीति सन्दर्भमा विचारको विकास र परिमार्जनको लागि सिर्जनात्मक अध्ययनमा जो दिनुपर्दछ ।

घ) पार्टी मुखपत्र एवम् अन्य वैचारिक र राजनीतिक प्रकाशनलाई नियमित र योजनावद्ध रुपमा प्रकाशन गर्ने, वितरण गर्ने तथा सिंगो पार्टी पंक्तिलाई तिनको अध्ययन र छलफलमा सरिक गराउन योजना बनाएर कार्यान्वयनमा जानुपर्छ ।

ङ) शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक बाटोबाट सामाजिक न्यायसहित आर्थिक विकासलाई गति दिनु र समाजवादको आधार तयार पार्नु तथा दलाल–नोकरशाही पूँँजीवादी, शोषण–उत्पीडनको अन्त्य गर्दै स्वाधीन राष्ट्रिय अर्थतन्त्रको विकास गर्नु पार्टीको तत्कालिन कार्यक्रम भएको तथ्य स्पष्ट गरिनु पर्दछ ।

च) पार्टीको संगठनात्मक सिद्धान्त जनवादी–केन्द्रीयता रहेको कुरा स्पष्ट गर्दै पार्टी संगठनलाई व्यवस्थित र अनुशासित तुल्याउन सदस्यता नविकरण गर्नु, कमिटीहरूको नियमित बैठक सञ्चालन गर्र्नु, नियमित रिपोर्टिङ र निर्देशन प्रणाली लागू गर्नु, प्रत्येक कमिटीको कम्तिमा कार्यालय तहबाट आलोचना र आत्मालोचनाको प्रक्रिया सुरु गर्नु, निर्णय प्रक्रिया विधि संगत, सामुहिक र संस्थागत बनाउन विशेष जोड गर्नु आवश्यक छ ।

छ) सबै पार्टी कमिटी, विभाग, मोर्चा र संयन्त्रहरूले कम्तिमा तीन महिनाको कार्ययोजना तयार पारी कार्यान्वयनमा जाने । कार्यन्वयन प्रक्रियाको समिक्षा गरी सामुहिक निष्कर्षसहित पुनः नयाँ योजना निर्माणको प्रक्रियामा अगाडि बढ्नु पर्दछ ।

ज) पार्टी र सरकारका विरुद्ध जनतामा भ्रम छर्ने गरी पार्टी अनुशासन र पद्दतिविपरित बोल्ने, लेख्ने पार्टी नीतिविपरित भेला, बैठक गर्ने काम बन्द गर्नु पर्दछ । पार्टीलाई विधि र अनुशासनमा चल्ने शक्तिका रुपमा विकास गर्न आवश्यक छ । अनुशासनहीन काम गर्नेहरूलाई कारवाहीको दायरामा ल्याउनु पर्दछ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ९ : २५ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न