राष्ट्रपतिका लागि हेलिप्याडमै सोफा पुर्‍याइएपछि... | Khabarhub Khabarhub

राष्ट्रपतिका लागि हेलिप्याडमै सोफा पुर्‍याइएपछि…


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीलगायत बाग्मती प्रदेशका प्रदेश प्रमुख तथा मुख्यमन्त्रीसहितको एक तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

तस्वीरमा राष्ट्रपति भण्डारी सोफामा बसेकी छिन् भने बाग्मती प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईं र मुख्यमन्त्री डोरमणि पौडेललगायत सोफाभन्दा पछाडि उभिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार शहीद स्मारक एवं प्रजातान्त्रिक पार्कको उद्घाटनका लागि हेलिकोप्टर चढेर हेटौंडा पुगेकी थिइन ।

राष्ट्रपति सवार हेलिकोप्टर प्रदेश प्रहरी कार्यालय परिसरमा रहेको हेलिप्याडमा अवतरण भएको थियो ।

कार्यक्रम सकेर फर्कने बेलामा राष्ट्रपतिको बिदाई गर्न बागमतीका प्रदेश प्रमुख प्रसाईं र मुख्यमन्त्री पौडेल लगायतको टोली हेलिप्याडमै पुगेका थिए ।

त्यसक्रममा सामूहिक तस्वीर खिचाउने कुरा भएपछि राष्ट्रपतिका लागि एकाएक त्यहाँ सोफाको व्यवस्था गरिएको थियो ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ६ : १९ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका