भेट्रान च्याम्पियनसिप खेल्ने सिएमजी क्लब गुवाहाटी जाने | Khabarhub Khabarhub

भेट्रान च्याम्पियनसिप खेल्ने सिएमजी क्लब गुवाहाटी जाने


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको सिएमजी क्लबले छैठौं अन्तर्राष्ट्रिय भेट्रान्स् फुटबल च्याम्पियनसिप खेल्ने भएको छ ।

बुधबार बिहान पत्रकार सम्मेलन गरि भेट्रान टिमले आगामी शुक्रबारदेखि शुरु हुने प्रतियोगितामा सहभागी हुनेबारे जानकारी दिएको हो ।

पूर्व राष्ट्रिय टीमका खेलाडीहरु सहभागी भेट्रान टिमको कप्तानमा बाल गोपाल महर्जन रहेका छन् । पुर्व राष्ट्रिय टोलीका खेलाडी महर्जनको कप्तानीमा १८ सदस्यीय टोली भारतको गुवाहाटी जाने भएको छ ।

प्रतियोगितामा नेपालको सिएमजी र बंगलादेशको क्लबसहित भारतका विभिन्न क्लब गरि १२ टिम रहेका छन् । प्रतियोगिताका १२ टिमलाई ३ समूहमा विभाजन गरिएको छ। जसमा नेपाल समूह सी मा रहेको छ ।

सिएमजी क्लबले यश प्रतियोगितामा शुरुआत देखि नै सहभागीता जनाउँदै आएको छ । तर, अहिलेसम्म सिएमजी क्लबले भेट्रान फुटबल च्याम्पियनसिपमा सेमिफाइनल भन्दा माथि उक्लिन सकेको छैन ।

भेट्रान च्याम्पियनसिपको खेल २५ मिनेटको खेल हुन्छ भने प्लेइङ ११ मा ८ जना ४५ बर्षभन्दा मम उमेरका खेलाडी रहन्छन् भने ३ जना ४५ बर्षभन्दा माथिल्लो उमेरका रहन्छन् ।

सिएमजी क्लबका अध्यक्ष नरेन्द्र शाहले यो संस्करणमा उपाधि जीतेर आउन शुभकामना दिएका छन्। यस्तै उनले अर्को वर्ष नेपालमै भेट्रान फुटबल च्याम्पियनसिप आयोजना गर्ने घोषणा गरेका छन् ।

भेट्रान टिम:

बालगोपाल महर्जन कप्तान, राकेश श्रेष्ठ, राज कुमार केसी, जिवेश पाण्डे, राजु सिंह महर्जन, सनोज श्रेष्ठ, सरोज थापा, संजय राना मगर, प्रदिप महर्जन, नरेश श्रेष्ठ, सुजित केसी, विजय श्रेष्ठ, पाण्डव खाती,दिपक लामा, छन्नु राम चौधरी, नरेन्द्र लिम्बू, भूपेन्द्र लिम्बू, सन्तोष बस्नेत
प्रशिक्षकमा राजेश मानन्धर

व्यवस्थापक: जयकृष्ण श्रेष्ठ

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  २ : ४० बजे

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर