नेपालमा थप १ जना कोरोना भाइरसबाट संक्रमित भएको आशंका | Khabarhub Khabarhub

नेपालमा थप १ जना कोरोना भाइरसबाट संक्रमित भएको आशंका


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको आशंकामा मंगलबार टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेशन वार्डमा थप १ जना बिरामी भर्ना भएका छन् ।

चीनको वुहान शहरमा अध्ययन् गरी फर्किएका २५ बर्षीया नेपाली छात्रा भर्ना भएको अस्पतालका निर्देशक डा बासुदेव पाण्डेले बताए ।

कोरोनाको आशंकामा अस्पताल भर्ना भएकी छात्रा केही दिन अघि नै नेपाल फर्किएकी थिइन् ।

‘ज्वरो आउने र अरु केही लक्षण देखिएपछि बुधबार विहान टेकु अस्पतालको आकस्मिक कक्षमा आउनु भएको थियो । हामीले अहिले उहाँलाई भर्ना गरी आइसोलेशन वार्डमा सारेका छौँ,’ उनले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुना झाले आइसोलेशन वार्डमा २–३ दिन अघिदेखि अस्पतालमा रहेकी चिनियाँ प्राध्यापकको रिपोर्ट समेत नेगेटिभ आएको बताइन । रिपोर्ट नेटेटिभ आएपछि अस्पतालले बेलुकासम्म उनलाई डिस्चार्ज गर्ने तयारी गरेको छ ।

टेकु अस्पतालको आइसोलेशन वार्डमा अहिलेसम्म ६ जना विरामी भर्ना भएकामा चार जना डिस्चार्ज भईसकेका छन् । आज बेलुका सम्म थप एक जनाको पनि डिस्चार्ज गर्ने अस्पतालको तयारी रहेको बताइएको छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  २ : ३४ बजे

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा

सेतो मच्छिन्द्रनाथलाई लगनटोलबाट जनवहाल लगियो (फोटोफिचर)

काठमाडौं । सेतो मच्छिन्द्रनाथलाई शनिबार रथबाट निकालेर लगनटोलबाट जनवहाल लगिएको