कम्युनिस्ट सरकारले केही नगरेको होइन, युगान्तकारी काम गरेको छ : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

कम्युनिस्ट सरकारले केही नगरेको होइन, युगान्तकारी काम गरेको छ : प्रधानमन्त्री ओली


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्व सरकारले गरेका कामको फेहरिस्त सुनाउँदै विपक्षीहरुले भनेजस्तो नेपालको अवस्थामा खस्किदो अवस्थामा नरहेको दाबी गरेका छन् ।

बुधबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको उद्घाट सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले आफु नेतृत्वको कम्युनिस्ट सरकारले युगान्तकारी काम गरेको पनि दाबी गरे ।

‘सरकारले के गर्‍यो ? हल्ला खुब चलेको छ । सरकारले एउटा पनि काम गरेन भनेर विपक्षीहरुले. उठाउने गरेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘विश्वका विभिन्न सूचकहरुमा नेपालको स्थितिमा उल्लेख्य सुधार आएको छ । विश्व वैकको सूचकांकमा उल्लेख सुधार भएको देखएको छ । ११० औं बाट ९४ मा उक्लिएको छ । यसमा १६ औं स्थान माथि गएका छौं ।’

प्रधानमन्त्री ओलीले नेपाल मानव विकास सूचकांकमा १४९ बाट २ स्थान माथि उक्लिएर १४७ मा पुगेको सुनाए । यस्तै, विश्व भोकमारिको सूचकांकका अहिले नेपालको स्थिति सुदृण भएको र ७३ औं स्थानमा पुगेको प्रधानमन्त्री ओलीले बताए ।

शान्ति सुव्यवस्थाको स्थितिमा ग्लोबल पिसमा इन्डेक्समा नेपालले १२ विन्दु सुधार गरेर १६५ देश मध्ये ७६औं स्थानमा पुगेको ओलीले सुनाए ।

शान्ति सुव्यवस्थाको स्थितिमा नेपाल चीन, भारत, बंगलादेश लगायतका देशभन्दा पनि माथि उठेको ओलीले विवरण सुनाए ।

‘हामी धेरै अगाडि छौं । निकट भविष्यमा हामी राम्रो पुर्‍याउन सकिन्छ,’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले विधिको शासनमा पनि नेपाल गत वर्षको भन्दा दुई स्थानमा माथि उक्लिएको सुनाए । भ्रष्टाचार नियन्त्रणको सूचकांकमा पनि नेपाल ११ स्थान माथि उक्लिएको ओलीले सुनाए ।

यस्तै, खुसी (ह्याप्पिनेस)को इन्डेक्समा पनि नेपाल ३ तह माथि उक्लिएको ओलीले सुनाए । आर्थिक सामाजिक सूचकांकमा १ तह माथि उठेको ओलीले बताए ।

‘विश्व प्रतिस्पर्धा सम्बन्धी सूचकांकमा १ स्थान माथि, लैंगिक समानताको सूचकमा गत वर्ष भन्दा एक स्थान माथि, विश्व भ्रमण तथा पर्यटन सम्बन्धी सूचकमा नेपाल माथि उठेको छ,’ ओलीले भने, ‘यसरी नेपाल अनेक कोणबाट अगाडि बढेको छ । कुनै सूचक पनि गलत छैन । यो खुसीको कुरा हो । कम्युनिस्ट सरकारले कुनै सूचकलाई पनि माइनसमा जान दिएको छैन ।’

प्रधानमन्त्री ओलीले ४ प्रतिशतको आर्थिक वृद्धि अहिले ६.५ भन्दा माथिको अवस्थामा पुगेको सुनाए । ‘यस वर्ष हामीलाई केही कुराले धक्का दिएको छ, तर अब सुधार हुन्छ,’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले नेपाल उच्च आर्थिक बृद्धि गरिरहेका विश्वका १० प्रमुख देशको सूचीमा पर्न सफल भएको पनि सुनाए । ‘नेपाल उच्च आर्थिक वृद्धि गरिरहेका १० देशमा परेको भनेर बेलायतको एक अध्ययनले देखाएको छ । द इकोनोमिस्ट भन्ने पत्रिकाको,’ प्रधानमन्त्री ओलीले भने, ‘यो हामीले हाम्रो मुखपत्रमा भनेका होइनौं । अन्तर्राष्ट्रियस्तरमा आर्थिक गतिविधिको अध्ययन गर्ने पत्रिकाले भनेको हो ।’

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार गठन भएपनि लगातार २ वर्षमा वैदेशिक लगानी १३२.५ प्रतिशतले बढेको पनि सुनाए । सरकारले लगानीकर्ताहरुलाई एकीकृत सेवा केन्द्रको स्थापना गरेर सुविधा उपलव्ध गराउन थालेको पनि प्रधानमन्त्री ओलीले सुनाए ।

‘प्रत्येक स्थानीय तहमा लगानी ग्रामको स्थापना गर्ने भनेका थियौं, जसमध्ये ३२ मा स्थापना गरिसकेका छौं,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले राष्ट्रिय व्यापार घाटामा कमि ल्याएको पनि बताए । ‘व्यापार घाटामा कमि आएको छ । अधिल्लो वर्षको तुलनामा व्यापार घाटा ६.३ प्रतिशतले घटेको छ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले सुनाएका आफू नेतृत्वको सरकारका उपलब्धिहरु बुँदागत रुपमा–

– आयात घटेको छ भने निर्यात बढेको छ ।

– नेपालको व्यापारको विविधिकरण भएको छ । भारतबाट ६८ र अन्य बाट ३२ मात्र हुन्थ्यो अहिले बढेको छ ।

– शेयर बजारमा सकारात्मक सुधार आएको छ ।

– भुक्तानी सन्तुलन, घाटा पनि बचतमा गएको छ ।

– उत्पादन र उत्पादकत्व बढेको छ । कृषिमा ५ प्रतिशत, औद्योगिक उत्पादनमा बृद्धि भएको छ ।

– काठको आयातका कमी आएको छ ।

– फलाम कम्पनीको स्थापना गरिएको छ । करिब ३० वर्षसम्म प्रतिदिन ८ सय टन उत्पादन क्षमता चीनमा गरिएको परीक्षणमा देखिएको छ ।

– दैलेखमा पेट्रोलियम पदार्थ उत्खननको काम अघि बढेको छ ।

– पर्यटक आगमनको संख्या बढेको छ ।

– प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १ लाख ८५ हजार रोजगारी सिर्जना भएको छ ।

– प्रतिदिन ५.७ किलोमिटर सडक कालोपत्रे भइरहेको छ । यसअघि वर्षमा १० प्रतिशत मात्र भइरहेको थियो ।

– ३ हजार ६ सय २६ किलोमिटर सडक कालोपत्रे भएको छ । अहिले सिंगल लेन होइन डवल वा फोर लेनको सडक बनेको छ । विरोधीहरुले आफ्नै ठाउमा एउटा मात्र बनेको देख्छ, तर त्यहाँमात्र बनेको त होइन देशभर बनेको छ । ४१ वटा पुल बनेको छ । पूर्व पश्चिम राजमार्गको स्तर उन्नती गर्ने कार्य भइरहेको छ ।

– नागढुंगा शुरुङ मार्गको सुरुवात भएसँगै एउटा युगमा प्रवेश गरेका छौं ।

– आफ्नै रेल सञ्चालनको काम भइरहेको छ । चीनबाट काठमाडौं जोड्ने रेलको अध्ययन सकिएको छ ।

– नारायणी नदीमा क्रुज सञ्चालनको तयारी पूरा भइसकेको छ ।

– कूल जनसंख्याको ८८ प्रतिशतमा विद्युत पुगेको छ । प्रतिव्यक्ति विद्युत खपत बढेको छ । अहिले विद्युत उत्पादन २४५ मेगावाट पु¥याइएको छ, पहिला १४५ मात्र थियो ।

– माथिल्लो त्रिशुली थ्री ए सरकारले विशेष पहल गरेर सम्पन्न गरेको छ ।

– नेपालमा उत्पादिन विद्युत भारत र वंगालादेशमा विस्तार गर्न सहयोग पुग्ने गरी भारतसँग सम्झौता गरिएको छ ।

– नेपाल र चीनबीचमा उर्जा सम्झौता भएको छ ।

– गल्छी केरुङ प्रसारणका लागि अध्ययन भएको छ ।

– विद्युत चुहावट झारिएको छ । सिँचाइ सेवा विस्तार गरिएको छ ।

– भेरी बबइ डाइभर्सनको लागि सुरुङ निर्माण कार्य सम्पन्न भएको छ ।

– ४० वर्षपछि विमानस्थलको पुनर्निमाण गरिएको छ । जुनसुकै विमान उड्न बस्न सक्ने बनाइएको छ ।

– ५ वटा आन्तरिक विमानस्थलमा कालोपत्रे गरिएको छ ।

– प्रधानमन्त्री निवास, प्रदेश प्रमुखका लागि आवस र सम्पर्क कार्यालय बन्न थालेका छन् ।

– काठमाडौं उपत्यकाको फोहर मैला व्ययवस्थापन गर्न बन्चरेडाँडामा काम भइरहेको छ । जनता आवासको कार्यक्रम अन्तर्गत घरहरु बनेका छन् ।

– कलत्तामा आफ्ना कन्टेर चलाउन सक्ने भएको छ । तातोपानी नाका खुलेको छ ।

– पोखरा रंगशालामा नयाँ प्याराफिट बनेको छ ।

– मेलम्ची खानेपानीको काम सक्दै यसै आर्थिक वर्षभित्र काठमाडौं उपत्यकामा पानी झार्ने ।

– गुह्येश्वरीमा पानी प्रशोधन केन्द्र बनेको छ । तुइन विस्थापन गरिएको छ ।

– २२८ वटा स्वास्थ्य सम्बन्धी भवन बनेका छन् ।

– ४ लाख ८२ हजार निजी आवास बनेका छन् ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १२ : ४७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६