कमेडी च्याम्पियन ‘हिट’ भएपछि ‘च्याम्पियनका चटके’ ल्याउँदै टिम | Khabarhub Khabarhub

कमेडी च्याम्पियन ‘हिट’ भएपछि ‘च्याम्पियनका चटके’ ल्याउँदै टिम


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय चर्चामा रहेको रियालिटी शो ‘कमेडी च्याम्पियन’ ले चर्चा कमाएपछि उक्त टिमले अर्को वर्ष यसको दोस्रो सिजन प्रसारण गर्ने तयारी थालेको छ ।

कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीका अनुसार अब छिट्टै नै ‘च्याम्पियनका चटके’ नामक रियालिटी शो पनि प्रसारण हुनेछ ।

‘हामी दर्शकलाई हँसाउने सिलसिला नरोकियोस् भनेर दुई सिजनका बीचमा च्याम्पियनका चटकेमार्फत यहाँहरुमाझ आउने भएका छौं,’ विशाल भण्डारीले भनेका छन् ।

यतिबेला प्रसारण भइरहेको कमेडी च्याम्पियनलाई दर्शकले रुचाएका छन् । टेलिभिजन र युट्युबमार्फत प्रसारण भइरहेको यो रियालिटी शोले कमेडियनलाई मञ्च दिएर प्रतिस्पर्धा गराइरहेको छ ।

युट्युबमा कमेडी च्याम्पियनका हरेक एपिसोड ट्रेन्डिङमा परेका छन् ।

यो रियालिटी शोमा रीमा विश्वकर्मा होस्ट छिन् भने प्रदीप भट्टराई, ऋचा शर्मा, मनोज गजुरेल र सन्तोष पन्त निर्णायक छन् ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ११ : ५२ बजे

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा