काठमाडौंको महाराजगञ्जमा आज दिनभर बिद्युत कटौती | Khabarhub Khabarhub

काठमाडौंको महाराजगञ्जमा आज दिनभर बिद्युत कटौती


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  चक्रपथ बिस्तारको कामले आज पनि काठमाडौंका केही स्थानमा विद्युत आपूर्ती कटौती हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार चक्रपथ बिस्तारका लागि सडक किनारका रुख काट्ने क्रम जारी रहेकाले आज दिनभरजसो महाराजगञ्ज क्षेत्र आसपासमा बिद्युत कटौती हुनेछ ।

प्राधिकरणका अनुसार महराजगञ्च वितरण केन्द्र अन्तरगतको बूढानिलकण्ठ फिडरबाट बितरित बिद्युत विहान साढे ७ बजेदेखि नै कटौती भएको छ ।

यस फिडरबाट बितरित बिद्युत साँझ ५ बजेमात्र आउनेछ ।

बूढानिलकण्ठ फिडरअन्तर्गत बसुन्धारा, श्रीटोल लगायतका स्थानमा विद्युत सेवा कटौती भएको हो ।

चक्रपथ बिस्तार अन्तरगत कलंकी देखि महाराजगञ्जसम्म सडक बिस्तारका लागि रुख कटानको काम हुँदा प्राधिकरणले बिद्युत कटौती गर्दै आएको छ ।

 

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ८ : ५८ बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको