लागुऔषध चरेससहित दुई पक्राउ | Khabarhub Khabarhub

लागुऔषध चरेससहित दुई पक्राउ


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– लागुऔषध चरेससहित कैलालीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको पुर्चुडी नगरपालीका–७ का महेश साउँद र कैलालीको गोदावरी नगरपालिका –१० घर भएका ओमबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

दुबै जनालाई गोदावरी नगरपालिका–२ अत्तरियास्थित सुमन होटेलबाट एक किलो ८५० ग्राम लागुऔषध चरेससहित पक्राउ गरिएको हो ।

पक्राउ परेका सिंह सोही होटेलका सञ्चालक रहेको प्रहरीले जनाएको छ । उनीहरुका साथबाट रु ३७ हजार ५०० समेत बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १० : ३२ बजे

लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना दिँदै

लगानी बोर्डको ५८ औं बैठक : ६ अर्ब ६३ करोड थप लगानी स्वीकृत

काठमाडौं – मंगलबार बसेको लगानी बोर्डको ५८ औं बैठकले ६

महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

दोधारा चाँदनी– महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको

शेखरको चेतावनी : सहकारी ठगीमा रविमाथि छानबिन नभएसम्म संसद् चल्दैन

इलाम- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदीय छानबिन समिति

कतारी अमिर र राष्ट्रपति पौडेलबीच शीतल निवासमा वार्ता

काठमाडौं– नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौँ आइपुगेका कतारका अमिर