पाँच दिनदेखि लागेको आगो अझै नियन्त्रण बाहिर, डढेल पाथीभरा मन्दिर छेउ पुग्यो  | Khabarhub Khabarhub

पाँच दिनदेखि लागेको आगो अझै नियन्त्रण बाहिर, डढेल पाथीभरा मन्दिर छेउ पुग्यो 


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको आगलागीले ठूलो रुप लिन थालेको छ ।

आइतबार आंशिक रुपमा नियन्त्रणमा आएको आगलागी आज बिहान मन्दिर परिसरमा नै पुगेको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार अहिलेसम्म मन्दिर भने सुरक्षित रहेको छ ।

मन्दिर छेउमै आगो पुगे पनि सोही भागका रुखपात हटाइएकाले मन्दिरमा आगलागी हुने सम्भावना भने नरहेको उनको भनाइ छ ।

मन्दिरको सुरक्षाका लागि स्थानीयवासी र तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

बिहीबार फुङलिङ नगरपालिका–११ फावाखोलास्थित पाथीभरा सिम्बू सामुदायिक वनबाट आगलागी शुरु भएको थियो ।

आगलागी क्षेत्र मुख्यगरी वन्यजन्तु रेडपाण्डाको बासस्थानका रुपमा लिने गरिन्छ । आगलागीले बहुमूल्य जडीबुटी तथा वनस्पतिका साथै विभिन्न प्रजातिका बोट बिरुवा नष्ट भएका छन् ।

आगलागीबाट वन्यजन्तु साथै उनीहरुको बासस्थानमा समेत असर पुगेको छ भने खानेपानीको पाइप जल्दा माथिल्लो फेदीका स्थानीयवासी समस्यामा परेका छन् । खानेपानीका लागि ल्याइएको झण्डै चार सय मिटर पाइप जलेर नष्ट भएको बताइएको छ । आगलागीको कारण अझै खुलेको छैन ।

यसैबीच मन्दिरसम्म आगो पुगेपछि आज सिम्रिक एयरको हेलिकप्टरबाट ढडेलो नियन्त्रण गर्न थालिएको छ । पाथीभरा क्षेत्रमा पानी नभएकाले हेलिकप्टरबाट पानी ओसारेर आगो नियन्त्रणमा ल्याउन लागिएको कार्यकारी निर्देशक काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ७ : २३ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका