वुहानबारे समाचार लेख्ने चिनियाँ पत्रकारलाई चार वर्षको जेल सजाय | Khabarhub Khabarhub

वुहानबारे समाचार लेख्ने चिनियाँ पत्रकारलाई चार वर्षको जेल सजाय


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको उद्गमस्थल मानिने चिनको वुहानमा कोरोना भाइरसको महामारीबारे समाचार लेख्ने एक पत्रकारलाई चीनले चार वर्षको जेल सजायको फैसला गरेको छ ।

चिनियाँ पत्रकार तथा पूर्व वकिल जाङ्ग जानलाई स्थानीय अदालतले दोषी ठहर गरी सोमबार चार वर्ष जेल सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

उनलाई मे मा प्रहरीले दोषी मान्दै नियन्त्रणमा लिएको थियो । ३७ वर्षीय उनी केही महिना भोकहड्तालमा पनि बसेकी थिइन् । वकिलले उनको स्वास्थ्य अवस्था कमजोर रहेको बताएका छन् ।

उनले कोरोनाको उद्गमस्थल मानिएको वुहानबारे खबर लेखेकी थिइन् । वुहानबारे खबर लेखेकै कारण उनीसहित अन्यलाई पनि चीनले निशाना बनाएको छ ।

उनी गत फेब्रुअरीमा महामारीबारे रिपोर्टिङ्गका लागि वुहान गएकी थिइन् । उनले त्यहाँबाट महामारीबारे रिपोर्टिङ्ग गर्ने गरेकी थिइन् ।

उनका रिपोर्टले सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय मिडियामा पनि चासो पाएपछि उनी चिनियाँ अधिकारीको चासोमा थिइन् ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार उनी मे १४ मा वुहानबाट हराएकी थिइन् । पछि उनलाई सांघाई प्रहरीले पक्राउ गरेको खुलासा भएको थियो ।

उनीमाथि गएको वर्षको नोभेम्बरमा लेख, भिडियोसहितका माध्यमबाट गलत समाचार फैलाएको भन्दै आरोप लगाइएको थियो । साथै उनलाई विदेशी सञ्चारमाध्मयलाई अन्तर्वार्ता दिएकोप्रति पनि प्रश्न गरिएको थियो ।

प्रहरीले उनलाई पाँच वर्षको जेल सजाय माग गरेको थियो । अदालतले भने चार वर्षको सजाय सुनाएको हो ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  २ : ४० बजे

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।