अमेरिकामा एकैदिन १ हजार २१५ संक्रमितको मृत्यु | Khabarhub Khabarhub

अमेरिकामा एकैदिन १ हजार २१५ संक्रमितको मृत्यु


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा एकैदिन १ हजार २१५ कोरोना संक्रमितको मृत्यु भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै सोमबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ४१ हजार १३८ पुगेको छ ।

यस्तै त्यहाँ १ करोड ९५ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ७४० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ९५ लाख ७३ हजार ८४७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड १४ लाख ९५ हजार ८७५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ७७ लाख ३६ हजार ८३४ जनामध्ये २८ हजार ६७२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १२ : २५ बजे

विराटनगर मिल्स गोल्डकपको सेमिफाइनलमा

मोरङ । पेमा युवा क्लब विराटनगर ‘मिल्स गोल्डकप फुटबल प्रतियोगिता’

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ ।

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको