यी महिला जो चिया बेचेरै बनिन् अर्बपति ! | Khabarhub Khabarhub

यी महिला जो चिया बेचेरै बनिन् अर्बपति !


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– केही वर्ष पहिले एक अमेरिकी महिला ब्रुक एडी भारत पुगेकी थिइन् । उनी भारतमा चियाको पारखी भएर आफ्नै देश फर्किईन् ।

उनले आफ्नो देशमा चिया पकाएर बेच्न शुरु गरिन् । चिया पसल धेरै चलेपछि उनी अहिले अर्बपति बनेकी छिन् ।

उनले शुरुमा चियाको व्यापारलाई पार्टटाईमको रुपमा चलाउने गरेकोमा मालामाल हुन थालेपछि फूलटाइम जागिर छाडेरै चिया व्यापारमा लागिन् । समाचारमा जनाईए अनुसार उनले चियाको व्यापारबाट ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको सम्पत्ती आर्जन गरिसकेकी छिन् ।

भारतमा उनलाई चियाको स्वाद निकै मन परेको थियो । आफ्नो देश फर्किएपछि उनी एक दिन नजिकैको क्याफेमा चिया पिउन गइन्, तर भारतमा जस्तो चियाको स्वाद उनले पाइनन् ।

त्यसपछि उनले त्यही स्वादको चिया आफूले बनाउने संकल्प गरिन् । त्यसपछि सन् २००७ मा उनले अमेरिकामा चियाको कारोवार शुरु गरिन् । शुरुमा भारतीय चियाको स्वाद दिन उनलाई समस्या भए पनि विस्तारै पोख्त भइन । ग्राहकहरुको भीड पनि बाक्लिन थाल्यो । उनी चिया बेचेरै मालामाल बनिन ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ५ : १६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०