चीनमा बस्ने सहनशील क्षमता « Khabarhub
Logo
११ माघ २०७७, आइतबार

चीनमा बस्ने सहनशील क्षमता



चीनको एक दुर्गम पहाडी इलाकामा बस्छिन्, गोङ वाङपिङ । उनी प्रत्येक दिन बिहान ५ :१० मा उठेर इनारमा पानी भर्न जान्छिन् । उनले छोराको बिहानको नास्ता तयार गर्नुपर्छ । छोरो अंग्रेजी  र रसायनशास्त्रका किताबमा घोत्लिरहँदा उनी आफ्नो खुट्टा धुन्छिन् । पढ्ने क्रममा छोरा मोबाइल फोनमा अल्झिएको भनेर झक्झकाउने काम पनि गर्छिन् ।

उमेरले ५१ काटिसकेकी गोङले छोराको पढाइसँग आफ्नो परिवारको भविष्य जोडिएको महसुस गर्छिन् । आफूले पढाइ पूरा गर्न नसकेको भएर पनि गाङलाई छोरा लि क्युई (१७) को भविष्य निकै महत्वपूर्ण छ । प्राविधिक शिक्षा पढ्ने इच्छा राखेको छोराले कलेजको प्रवेश परीक्षा राम्रोसँग उत्तीर्ण गरेर प्राविधिक अधिकारी भए आफ्नो परिवारको आर्थिक अवस्था सुध्रिने विश्वासमा उनी छोरोको पढाइमा बढी ध्यान दिन्छिन् ।

यस्ता अनगन्ती सपना पूरा गर्न चीन सरकारसँग गोङ लगायत धेरै चिनियाँ नागरिकले मौनरूपमा सौदा गरेका छन् । सरकाले परिश्रम गर्ने आफ्ना प्रत्येक नागरिकको जीवनस्तर राम्रो हुने वाचा गरेको छ । सरकारको यो वाचाको दायरामा न्युनस्तरका चिनियाँ कृषकमात्रै होइन, तिनका सन्तान पनि छन् ।

यसका निम्ति उनीहरू राजनीतिक गतिविधिबाट टाढै रहनुपर्ने शर्त छ । आन्दोलनकारीहरू आफ्नै घरको छतमा गएर विरोध प्रदर्शन गर्दासम्म उनीहरू वास्ता गर्दैनन् । बरु सहरका भित्ताहरूमा छापिएका सरकारी प्रोपगान्डामा उनीहरूको बढी विश्वास छ ।

गोङलाई चिनियाँ आर्थिक प्रगतिप्रति गर्व छ र त्यसको हिस्सेदार हुने इच्छा पनि । उनी राजनीतिले आफ्नो जीवनमा महत्व नराख्ने बताउँछिन् । उनी भन्छिन्, ‘म नेताहरूका विषयमा खासै वास्ता गर्दिनँ र मेराबारे पनि नेताहरूले केही वास्ता गर्छन् जस्तो लाग्दैन ।’

माओ नेतृत्वको चीनमा चिनियाँ नागरिकले धेरै कष्टपूर्ण जीवनयापन गरेको धेरै पश्चिमा विश्लेषकहरूको बुझाइ थियो । चिनियाँहरू आर्थिक वृद्धि र सामाजिक स्वतन्त्रताको मूल्यमा मात्रै एकदलीय शासन स्वीकार गर्छन् भन्ने पश्चिमाहरूको मत थियो । यो विश्लेषण एक समृद्ध देशका नागरिकले स्वतन्त्रताको माग अवश्य गर्नेछन् भन्ने तहसम्म पुग्यो ।

परिणाम त्यसको ठीक विपरीत आयो । चिनियाँहरूको आर्थिक प्रगति दिन दुगुना, रात चौगुनाका हिसाबले भयो । शासकले आफ्नो शक्ति झनै केन्द्रीकृत गरे । यस्तो लाग्छ, चिनियाँ राष्ट्रपति सी चिन फिङ जीवनभर नेतृत्वको तहमा रहनेछन् । यसैबीच चिनियाँ जनताले कम्युनिस्ट पार्टीसँग आफ्ना माग राखे पनि आर्थिक विकाससँगै देश प्रजातान्त्रिक प्रक्रियामा जाने पश्चिमा विश्लेषण भने गलत साबित भएको छ ।

यसरी राज्यसँगै मौन सौदा गर्ने गोङजस्ता चिनियाँको अवस्था नाजुक छ । चीन अझै पनि सन् १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना हुनुपूर्वको दशकमा उत्पन्न भएका प्रश्नको जवाफ खोज्दै छ । प्रश्न हो, ऊ के कारणले पछि पर्‍यो र पश्चिमा शक्ति ऊभन्दा अघि किन बढ्यो ? उसलाई अघि बढ्न के आवश्यक छ ? चीन यही प्रश्नमा रुमल्लिएको छ ।

भ्रष्टाचारयुक्त वर्तमान चिनियाँ समाजमा ज्याओखा स्वच्छ र भ्रष्टाचारमुक्त परीक्षा प्रणाली हो । यो प्रणालीमा असफल हुने व्यक्तिले सरकारलाई दोष लगाउन पाउँदैन ।

पहिला चीनमा विद्यमान पुरातनवादी सोच र संकृतिलाई यसको दोष लगाउने गरिन्थ्यो । यो दोष लगाउनुको कारण भने समाजको तहगत व्यवस्था प्रवद्र्धन गर्ने उक्त संस्कृतिले व्यक्तिगत पहल कदम वास्ता गरेको अनुभव कम थियो ।

के चीनको पुरातनवादी सोच र संस्कृतिलाई मात्रै सबै कुराको दोष लगाउन मिल्छ ? यो विषयमा त्यहाँका नेता र जनता खोजमा छन् । उनीहरू पुराना संस्कृति पूर्ण अवमूल्यन नगरी त्यसलाई पुनर्भाषित गर्दै छन् । सामाजिक गतिशीलताका सम्बन्धमा चिनियाँ सरकारले शिक्षा प्रदान गर्दै छ । राष्ट्रियतालाई नयाँ कलेबर दिँदै पुराना कन्फ्युसियन र मार्क्सवादी विचार विस्थापित गर्न निजी क्षेत्रलाई समाजमा परिचित गराउँदै छन् ।

यसका लागि उनीहरू चिनियाँ गौरवलाई र अपमानलाई नयाँ हिसाबमा व्याख्या गर्दै चिनियाँ वैभव प्रसारित गर्दै छन् । धेरै चिनियाँलाई यो प्रयत्न जोडघटाउ मात्रै होइन, पार्टीसँगको सौदा इन्कार गर्ने माध्यम पनि हो । क्रमिकरूपमा पार्टीले आफ्नो दमनकारी भूमिका बढाउँदै लगेको छ ।

चीनको सिङजियाङ प्रान्त र अन्यत्र बसोबास गर्ने विगर समुदायका मानिसलाई देशमा पुष्पित हुँदै गएको तानाशाही पार्टी प्रवित्तिले उनीहरूको पारिवारिक जीवनपद्धति, सांस्कृतिक र धार्मिक जीवन तहसनहस पार्न सक्छ भन्ने भय छ । अन्यका लागि भने दमनको त्रास ठूलो काम गर्न सक्छ ।

यो पनि भन्न सकिने अवस्थामा छैन कि चीनका कति प्रतिशत जनताले यो व्यवस्था स्वीकार गर्दैनन् । निजी हिसाबमा भएको कुराकानीलाई आधार बनाउने हो भने धेरै मध्यमवर्गीय जनता यो व्यवस्थाप्रति निरास छन् । यसको उदाहरणका रूपमा ट्रम्प प्रशासनसँग भएको व्यापार युद्धलाई लिन सकिन्छ तर यो विषयमा बोल्न कोही सक्दैन ।

गोङका पुस्ता १९६० को दशकमा चीनमा व्याप्त भोकमारी र राजनीतिक परिवर्तनबाट गुज्रिएका हुन् । उनीपछिका पुस्ता यो कुरा सुनेर हुर्किएका हुन् । चीन अझै प्रजातन्त्रका लागि तयार छैन । राजनीतिबाट टाढा रहन र कुनै प्रश्न नसोध्न चिनियाँहरूलाई बानी परेको छ । हालको अवस्थामा यो निरासा र भयलाई देशले गरेको विकास र अवसरको गन्धले छोपिदिएको छ । उनीहरूकोे मातृभूमिले गर्दै गरेको प्रगतिका कारणले यसो भएको हो ।

जब पश्चिमा विकास र प्रगति चिरस्थायी छैन भन्ने कुराको आभास भयो, धेरै चिनियाँहरू अमेरिका र युरोप छोड्दै आफ्नो मातृभूमि फर्किन थाले । उनीहरूमा आफ्ना सन्तानलाई चिनियाँ भाषा र संस्कृतिका विषय बुझाउने अभिलाषा पैदा भएको छ । उनीहरू आफ्नो मातृभूमिले हासिल गरेको प्रगतिप्रति आफ्ना सन्तानले गर्व गरून् भन्ने चाहन्छन् ।

जेम्स नि एक यस्तै पात्र हुन्, जसलाई अमेरिकामा अध्ययन गर्ने अवसर प्राप्त भयो । अध्ययनपछि उनी स्वदेश फर्किन् र अर्बपति बनिन् ।

अर्का पात्र हाउ यिन्जा बइेजिङका एक पुँजीपति हुन् । अमेरिकामा अध्ययन सकेपछि उतै काम गरिन् तर उनी आफ्नी ८ वर्षीया छोरीले चिनियाँ हुनुको गौरव महसुस गरून् भन्ने चाहन्छिन् ।

‘म चाहन्छु, उनले हाम्रो भाषाको वैभव थाहा पाऊन् । हाम्रो ग्रामीण भेगमा बस्ने मानिसले गर्ने मिहिनेतका विषयमा उनी जानकार होऊन्,’ हाउ भन्छिन्, ‘चीन कुनै समय निकै पिछडिएको देश थियो । मेरो सन्ताकोे पुस्ताले धेरै अवसर प्राप्त गर्नेछ ।’

पश्चिमका धेरै विश्लेषक र कूटनीतिज्ञहरू आफूले चीन कसरी परिर्वतन हुन्छ भनेर गरेको अनुमान किन असफल भयो भनेर माथापच्ची गर्दै छन् ।

बेजिङस्थित चिनियाँ इतिहासकार र लेखक सु झियुयान चिनियाँ मनस्थिति व्यावहारिक रहेका बताउँछन् । सानै उमेरदेखि बच्चालाई आदर्शवादी नबन्नू र अरूभन्दा फरक हुन पनि नखोज्नू भन्ने सिकाइन्छ । विद्यमान सामाजिक संरचना अन्तर्गत रहेरै जिउने कला, प्रतिस्पधात्मक क्षमता र संरचनाभित्रै रहेर अघि बढ्न अभिप्रेरित गरिन्छ । पूरै सामाजिक संरचना नै एक खेल मैदान हो भन्ने चिनियाँ मान्यता हो ।

चिनियाँ सपना

लि क्युई निकै हतास थिए । उनको कलेज सुरु हुने दिन अगष्ट ९ आउन ३ सय २ दिन मात्र बाँकी थियो । उनी हतास हुनुपर्ने कारण थियो उत्तरपूर्वीय प्रान्त गान्सुको हिउनिङ माध्यमिक स्कुलको एक नम्बर कोठमा रहेका शिक्षक ।

चीनमा बढ्दै गएको शिक्षित व्यक्तिको दर र प्राविधिक क्षेत्रमा चिनियाँहरूले हासिल गरेको क्षमताका कारण चीन अतुलनीय हिसाबमा आर्थिक प्रगति गर्न सफल भयो ।

यो स्कुल ग्रामीण क्षेत्रमा रहेको चिनियाँ स्कुलमध्ये राम्रो नतिजा ल्याउनेमा पर्छ । त्यसैले हनिङ माध्यमिक स्कुलका शिक्षकले क्युलाई राम्रो नतिजा ल्याएर स्कुलको गौरव सूर्यजस्तै चम्किलो बनाउने उपक्रम उनलाई आएको बताएका थिए । स्कुलको हलतर्फ जानेबाटोमा विद्यार्थीलाई सानोखालको दुःख सहने क्षमताको विकास गर्नुपर्ने लेखिएको छ र जिन्दगीका दुःख हटाउन आग्रह गरिएको छ ।

क्युईले दुई वर्षअघि स्कुल सुरु गरेका थिए । त्यसपछि उनका रात चाउचाउ खाँदै ज्योम्याट्रिकका समस्या सुल्झाउँदै र जाँचका निम्ति तयारी गर्दै बितेका छन् ।

उनको दिन प्रायः एउटै मन्त्रले सुरु हुन्छ, स्वर्गले मिहिनेती मानिसको सम्मान गर्छ । आइतबार छोटो समयको छुट्टीबाहेक हप्ताका सबै दिन ऊ रातको १० बजेसम्म कक्षामै हुन्छ । ऊ र उसकी आमा स्कुल नजिकैको एक अमार्टमेन्टमा ३२ अमेरिकी डलरप्रति महिनाका हिसाबमा बस्ने गर्छन् । छोरालाई राम्रोसँग पढ्ने वातावरण बनोस् भनेर आमा उसका लागि खाना पकाउने र सफा गर्ने काम गर्छिन् ।

सबैको ध्यान आउने जुनमा केन्द्रित छ । जुनमा क्युईलगायत ९ मिलियन विद्यार्थी कलेज प्रवेशका लागि आफ्ना पढाइको अब्बलता प्रदर्शन गर्दै छन् । प्रवेश परीक्षामा राम्रो गर्ने विद्यार्थीलाई चिनियाँ सपना जिउने टिकट मिल्नेछ ।

एक रात भौतिकशास्त्रको समस्या समाधान गर्दै गरेका क्युईले भने, ‘यदि मैले राम्रोसँग प्रवेश परीक्षा दिए मेरो जीवनमा उन्नति हुन्छ ?’ चीनको शिक्षाक्षेत्र जस्तो चलायमान शायदै अन्य क्षेत्र छ । कलेजमा भर्ना हुन लिइने प्रवेश परीक्षामा प्रत्येक वर्ष राम्रो नतिजा ल्याएर चिनियाँ सपना साकार गर्ने एक माध्यम भएको छ । क्युई जस्ता विद्यार्थीलाई आफ्ना पुराना नतिजा सुनाएर बढी मिहिनेत गर्न प्रेरित गर्छ ।

कलेज प्रवेश गर्ने परीक्षा (ज्याओखा) अवसरको मात्रै होइन सामाजिक नियन्त्रण गर्ने माध्यम पनि हो । केही विद्वानको मत मान्ने हो भने यो कन्फ्युसियन परीक्षा प्रणाली केजुबाट सापट लिइएको शासन गर्ने एक तरिका हो । यो परीक्षा प्रणाली चीनमा १३ सय वर्षअघि नै प्रचलनमा थियो जुन माध्यमबाट सरकारी कर्मचारी छनोट गरिन्थ्यो । चीनको वंशीय शासनकालमा पनि केजुले सरकारलाई दक्ष कर्मचारी छनोट गर्न मद्दत गर्थ्यो ।

यो परीक्षा सबै मानिसलाई खुला भए पनि परीक्षा दिने एक प्रतिशत मानिसले मात्रै यसमा सफलता पाउँथे । पढ्ने समय र पैसा थोरै मान्छेसँग मात्र हुन्थ्यो ।

भ्रष्टाचारयुक्त वर्तमान चिनियाँ समाजमा ज्याओखा स्वच्छ र भ्रष्टाचारमुक्त परीक्षा प्रणाली हो । यो प्रणालीमा असफल हुने व्यक्तिले सरकारलाई दोष लगाउन पाउँदैन । ‘यसले सरकारलाई भन्न सहज भएको छ, कोही असफल हुन्छ भने त्यो उसकै परिश्रमको कमीले हो,’ कान्सा विश्वविद्यालयका प्राध्यापक योङ झायो भन्छन्, ‘यो शासनको एक शक्तिशाली माध्यम हो ।’

माओकालीन चीनमा सुरु भएको थियो, ज्याओखा । पिछडिएको समुदायका विद्यार्थीलाई मात्रै यो प्रक्रियामा सामेल गर्ने सुरुवाती चरणको अभ्यास थियो । यो परीक्षा प्रणाली चीनको सांस्कृतिक क्रान्तिको अवधिमा स्थगित गरिएको थियो । सांस्कृतिक क्रान्तिका क्रममा शिक्षकहरू निर्घात कुटिएका थिए, स्कुलहरू बन्द गराइएका थिए ।

अमेरिका र युरोपमा पढ्ने चिनियाँ विद्यार्थीले सम्पन्न र सम्मानित हुने जुन कुरा सिकेका हुन्छन्, त्यो आफ्नो देशमा पनि खोज्छन् । र, देश परिवर्तनको संवाहक बन्छन् भन्ने पश्चिमाहरूको विश्लेषण थियो ।

माओको सन् १९७७ मा निधन भएपछि यो प्रणाली फेरि चालु गरिएको थियो । उक्त समयमा करिब १० मिलियन विद्यार्थी यो प्रक्रियामा सामेल हुन परीक्षामा सहभागी भएका थिए । पछिल्लो चरणमा योग्यतालाई महत्व दिने गरी सबैलाई खुला गरिएको थियो ।

चीनमा बढ्दै गएको शिक्षित व्यक्तिको दर र प्राविधिक क्षेत्रमा चिनियाँहरूले हासिल गरेको क्षमताका कारण चीन अतुलनीय हिसाबमा आर्थिक प्रगति गर्न सफल भयो । ज्याओखा प्रणालीले चीनको शिक्षा क्षेत्रमा बढी घोकन्ते प्रवृत्ति र आज्ञाकारी हुने संस्कार बढाएको तथा विद्यार्थीमा आलोचनात्मक चेत हराएको आरोप लागेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीलाई स्कुलमा बढ्दै गएको विद्यार्थी संख्याले रोजगारी दिनुपर्ने चिन्ता पनि बढाएको छ । यो शिक्षा प्रणाली ग्रामीण क्षेत्रका विद्यार्थीमैत्री नभएको आरोप पनि लाग्ने गरेको छ । विश्वविद्यालयमा भर्ना हुन ग्रामीण क्षेत्रका विद्यार्थीको तुलनामा सहरका विद्यार्थीलाई सहज भएको आरोप छ ।

ग्रामीण क्षेत्रमा माध्यमिक शिक्षाको स्तरमा पनि ह्रास आएको छ र हिउनिङ स्कुलले ज्याओखा शिक्षा प्रणालीलाई महत्व दिँदै गर्दा स्कुलबाट उत्तीर्ण विद्यार्थीले काम पाउन र पढ्दा लिएको ऋण चुक्ता गर्न समस्या खेप्नुपरेको छ । यो समस्याबाट पार पाउन केहीले अर्को तरिका अपनाएका छन् । त्यो हो, कम्युनिस्ट पार्टीको सदस्यताका लागि निवदेन दिने ।

प्रेम गर, बिहे होइन

कम्युनिष्ट पार्टीको सदस्य नभए पनि जेम्स नि सन्तुष्ट छन् । उनी निजी क्षेत्रमा लगानी गरेर धनाढ्य भएका छन् । उनको कम्पनी मिलीले उत्पादन गर्ने सिरानी र ओछ्यान व्यापारको साझेदारी इङ्लिस फुटबल क्लब म्यानचेष्टर युनाइटेडसँग छ । उनको एउटै लक्ष्य आफ्नो कम्पनीलाई ग्लोबल ब्रान्ड बनाउने हो ।

चीनको सानो सहर गान्सु प्रान्तमा जन्मिएका नि चीनको अर्थतन्त्र अलौकिक हिसाबमा परिर्वतन हुँदै गर्दा जन्मिएका हुन् । सन् १९७५ मा उनी जन्मिँदा निजी व्यापारिक क्षेत्रले चीनमा वैधता प्राप्त गरेको थिएन । जब देशको अर्थतन्त्र खुला भयो तबदेखि आजपर्यन्त निजी क्षेत्रले समस्या भोगिरहेको छ ।

नि धेरै कुरामा असमानता छ भन्छन् । राज्यबाट सञ्चालित कम्पनी र जोसँग राम्रो चिनजान छ, उसले फाइदा लिन सक्छ । यस्तो किसिमको विकास र फैलावटको वातावरणमा आफ्नो बाटो सबैले आफैँ फैलाउन सक्छन् ।

आज अनुमानित करिब चार सय अमेरिकी डलर सम्पत्ति निसँग छ । धेरै कम्पनीका कार्यकारी व्यक्ति स्थानीय सरकारसँग फाइदा लिन सौहार्द सम्बन्ध स्थापना गर्ने प्रयास गर्छन् । नि भने आफ्नो सिद्धान्तमा प्रतिबद्ध छन् ।

चीनको लामो इतिहासमा, नाफामुखी व्यापार क्षेत्रलाई कन्फ्युसियन परम्परामा नम्रताका हिसाबले व्यवहार गरिएको परिप्रेक्ष्यमा हाल देशले व्यापारिक क्षेत्रलाई कसरी अँगाल्छ भन्ने विषय महत्वपूर्ण हुन्छ । पश्चिमा प्रगतिको दौडलाई भेट्न र राष्ट्रिय अर्थतन्त्र र हित सबलीकरण गर्न कम्युनिस्ट पार्टीले व्यापार र अर्थतन्त्रलाई साधनको रूपमा होइन, साध्यको रूपमा परिचालन गर्छ ।

पार्टी नेतालाई एउटै कुराको चिन्ता छ । कतै निजी क्षेत्रका व्यापारीहरू स्वतन्त्र आर्थिक शक्तिको रूपमा उदाउने त होइनन् ! पश्चिमाले पनि के विश्लेषण गरिरहेको छ भने पुँजीवाद चीनको प्रजातान्त्रिकीकरणको लागि एक गतिलो माध्यम हुन सक्छ । पार्टीको सदस्यता लिन नचाहे पनि नि एक सच्चा देशभक्त हुन् ।

उनी चीनलाई माया गर्छन् र नेताहरूले जे गर्छन् देशकै हितका लागि गर्छन् भन्ने सोच राख्छन् । उनी भन्छन्, ‘यो देश मेरो हो । जहिलेसम्म म यो ठाउँमा बस्छु, म आत्मसम्मान र सुविधाका साथ बस्छु । महत्वपूर्ण कुरा नै यही हो ।’

पार्टीले सन् १९७९ मा केही निजी कम्पनीलाई वैधता दियो । सन् २००१ मा पुँजीपतिलाई पार्टीको सदस्यको रूपमा स्वीकार गरेर एक ऐतिहासिक काम गर्‍यो ।

माओ नेतृत्वको चीनमा चिनियाँ नागरिकले धेरै कष्टपूर्ण जीवनयापन गरेको धेरै पश्चिमा विश्लेषकहरूको बुझाइ थियो । चिनियाँहरू आर्थिक वृद्धि र सामाजिक स्वतन्त्रताको मूल्यमा मात्रै एकदलीय शासन स्वीकार गर्छन् भन्ने पश्चिमाहरूको मत थियो ।

निजी क्षेत्रलाई पार्टीमा प्रवेश गराएर राज्य र व्यापारिक क्षेत्रबीच अन्तर्निर्भरता कायम गर्ने काम भएको बताउँछन्, हङकङ विज्ञान तथा प्रविधि विश्वविद्यालयतर्फका मानविकी तथा सामाजिक विज्ञान विभागका प्रमुख केलप त्यासी ।

यति हुँदा पनि राज्य नियन्त्रित कम्पनीले नियमसम्मत प्रतिस्पर्धाको उपाधि पाएको छ । निको पहिलो सफ्टवेयर कम्पनी असफल भयो । बजारमा सिरानी र डसनाको व्यापार व्यापक हुने थाहा पाएपछि उनी पनि यतै आकर्षित भए । तर, काम गर्न राज्य संरक्षित कम्पनीले सजिलै बैंकिङ ऋण प्राप्त गर्दा पुँजीगत लगानीको कुनै इतिहास नभएको उनको कम्पनी बन्द भयो ।

बैंकिङ ऋणको सट्टा निले व्यक्तिगत ऋणमा कम्पनी सुरु गर्ने सोच बनाए । यसका लागि उनले प्रत्येक किस्तामा ६० हजार चिनियाँ आरएमबीको हिसाबले करिब ५ लाख आरएमबी ऋण संकलन गरे । यसमध्ये उनलाई सबैभन्दा धेरै ऋण दिने व्यक्ति उनका आफन्त थिए, जसले आधाभन्दा बढी सहयोग गरे ।

निको कम्पनी गान्सु प्रान्तको सहर नातोङमा स्थापना भएको पार्टीका कार्यकर्ताले थाहा पाए । नि भन्छन्, ‘मैले नियमसम्मत कम्पनी स्थापना गरेको भएर होला कम्पनीलाई कहिल्यै राजनीतिक समस्या आइपरेन ।’ उनको कम्पनीले करिब तीन हजार व्यक्तिलाई रोजगारी दिएको छ । स्थानीय सरकारलाई सबैभन्दा धेरै कर तिर्ने कम्पनी बनेको छ ।

जब पार्टीले कम्पनीसँग केही माग राख्छ, त्यसलाई फिर्ता पठाउने माध्यम पनि छ । चार वर्षअघि निका उपकार्यकारीले भनेका थिए, ‘सरकार उनको कम्पनी मिलीमा पार्टीको सेल बनाउन चाहन्छ ।’ यो नीबाट आएको निर्देशन थिएन ।

सी को शासनकालमा यस्तो प्रवृत्ति भएका मानिसको संख्या घटेको छ । हाल कम्युनिस्ट विद्वान, ब्लगर र सरकारी अधिकारीहरूले बजार निर्देशित प्रणालीबाट राज्य नियन्त्रित प्रणालीमा जाँदा के हुन्छ भनेर सार्वजनिक रूपमै बोलेका छन् ।

राष्ट्रपति सीले देशको विकासमा निजी क्षेत्रको भूमिकाको प्रशंसा गरे पनि उनको व्यापार दृष्टिकोणले राज्य स्वामित्वको क्षेत्रलाई अनुमोदन गरेको छ । चाहेको क्षेत्रमा हस्तक्षेप गर्न सक्ने गरी चीनको कर्मचारीतन्त्र इतिहासकै ठूलो भएको बताउँछिन्, हाडर्वडमा चीन अध्ययन केन्द्रकी प्राध्यापक विलियम सी क्रिबाई । यो सिद्धान्तले मात्रै होइन, धेरै मानिस यस्ता छन्, प्रतिपर्धा चाहँदैनन् ।

मार्गदर्शनका लागि नि सधैँ अलिबाबाका कार्यकारी प्रमुख तथा चीनकै धनाढ्य र प्रसिद्ध व्यक्ति ज्याक मालाई हेर्छन् । नि हाल एक विजनेस कलेजमा भर्ना भएका छन् । भविष्यको व्यापारका लागि नयाँ पुस्तालाई तयार गर्दै गरेको स्कुलमा व्यापार कसरी गर्ने भन्ने कुरा सिकाइन्छ ।

यो अवधिमा ज्याकमाले निजी क्षेत्र र सरकारी क्षेत्रबीच रहेको आकर्षण र विकर्षण अध्ययन गर्ने मौका पाए । व्यापारीहरूलाई ज्याकमाको एउटै सन्देश छ- जुन कुरालाई निले आफ्नो मनमा लिएका छन्, त्यो हो, पे्रम गर तर विवाह नगर ।

घर फर्कने आकर्षण

समयको अन्तरालमा हुउ यिन्झीलाई चीनले आकर्षित गरेको अनुभव भयो । यो आकर्षणले उनलाई अचम्ममा पार्‍यो । अमेरिकाको सम्भ्रान्त वर्गले पाउने शिक्षा पाएर श्रीमती हुउ अमेरिकास्थित बोस्टनमा बस्थिन् । परार्मशदाताको जागिर गर्दै आएकी उनले अमेरिकाको नागरिकताका लागि आवेदन पनि दिएकी थिइन् । उनलाई ज्याज र अमेरिकाको पप संस्कृति निकै मन परे पनि चीन छोडेको धेरै वर्षपछि उनले सन् २००७ मा चीन फर्किने निधो गरिन् ।

चिनियाँलाई राजनीतिक गतिविधिबाट टाढै रहनुपर्ने शर्त छ । आन्दोलनकारीहरू आफ्नै घरको छतमा गएर विरोध प्रदर्शन गर्दासम्म उनीहरू वास्ता गर्दैनन् । बरु सहरका भित्ताहरूमा छापिएका सरकारी प्रोपगान्डामा उनीहरूको बढी विश्वास छ ।

यसको प्रमुख कारण थियो चीनमा प्राप्त अवसर । उनलाई बेइजिङमै परार्मशदाताको जागिर मिल्यो । उनी चीन फर्किनुको अर्को कारण थियो अमेरिकाप्रति मोहभङ्ग हुनु । चीनमा रहेका उनका साथीहरूको करिअर माथि उठ्दै गर्दा कर्पोरेट अमेरिकामा रहेका उनका चिनियाँ साथीहरू बासको सिलिङ बनाउँदै थिए । अझ यसको अर्को पाटो झनै गहिरो छ, त्यो हो आफ्नो जगमा जोडिँदै देशलाई पश्चिमा विकासको गति भेट्न सहयोग गर्नु ।

हाल एक उद्यम पुँजी फर्ममा साझेदार रहकी श्रीमती हुउ उमेरले ४४ पुगिन् । उनकी छोरी पढ्ने प्राथमिक तहको स्कुलले चीनको ताङ वंशावलीसँग सम्बन्धित कविता सुनाउँछ । मेरी छोरीलाई आफू कहाँबाट आएको हो भन्ने कुरा थाहा हुनुपर्छ भन्छिन् हुउ ।

प्रजातान्त्रिक वातावरणसँग परिचित हुउका पुस्ताका मान्छेले चीनमा पनि त्यस्तै वातावरण माग गर्ने अनुमान गरिएको थियो । अमेरिका र युरोपमा पढ्ने चिनियाँ विद्यार्थीले सम्पन्न र सम्मानित हुने जुन कुरा सिकेका हुन्छन्, त्यो आफ्नो देशमा पनि खोज्छन् । र, देश परिवर्तनको संवाहक बन्छन् भन्ने पश्चिमाहरूको विश्लेषण थियो ।

अन्य मध्यमवर्गीय अभिभावक जस्तै हुउलाई पनि चीनमा रहेको दमन र यत्रतत्र फैलिएको भैतिकवादी समाजले चिन्तित तुल्याउँछ । यद्यपि यी अभिभावक चाहन्छन् कि आफ्ना सन्तानले अरू कुराभन्दा पहिला आफू चिनियाँ भएको देखून् । आफ्ना नयाँ पुस्ताले चीनको कृषि समाजप्रति गर्व गरून् । र, गरिबीबाट आफ्नो देश कसरी माथि उठ्न सफल भयो भन्ने कुरा जानून् ।

इतिहासदेखि नै चिनियाँ नागरिकको जुनुनमा देशभक्तिको भाव छ । अप्ठेरो अवस्थामा पनि विदेशी हस्तक्षेपका बाबजुद देशको एकता कायम राख्न सकेको आफ्नो संस्कृति र सभ्यतालाई पनि उनीहरू गर्वको विषय मान्छन् । पार्टीले पनि विश्वमा चीन अघि बढ्न चिनियाँहरूमा एकता आवश्यक छ भन्नेमा जोड दिन्छ ।

केही विद्वानहरू चीनको आर्थिक विकासको सफलतामा कम्युनिष्ट पार्टी र त्यसको नीतिभन्दा त्यहाँका जनताको चुप लागेर बस्न सक्ने क्षमताले बढी काम गरेको तर्क गर्छन् । एकतन्त्रीय शासन भीड नियन्त्रण गर्ने एक उत्तम उपाय भएको उनीहरूको तर्क छ । ‘चिनियाँ राष्ट्रियताले जनतालाई राष्ट्रसँग जोडेर राख्छ, एक आपसमा होइन,’ भन्छन्, केयरमाउन्ट म्याकेनन कलेजका प्रध्यापक मिक्षिङ पी । राष्ट्रपति सीले परम्परागत संस्कृति पुनर्जागृत गरेका छन् ।

अनगन्ती सपना पूरा गर्न चीन सरकारसँग गोङ लगायत धेरै चिनियाँ नागरिकले मौनरूपमा सौदा गरेका छन् । सरकाले परिश्रम गर्ने आफ्ना प्रत्येक नागरिकको जीवनस्तर राम्रो हुने वाचा गरेको छ । सरकारको यो वाचाको दायरामा न्युनस्तरका चिनियाँ कृषकमात्रै होइन, तिनका सन्तान पनि छन् ।

मानिसलाई आफूप्रति आकर्षित गर्न छोडेको कम्युनिष्ट सिद्धान्तकै सहायतामा सीले चिनियाँ संस्कृति पुनर्जागृत गर्दै देशको सुरक्षाका लागि एक शक्तिशाली नेताको आवश्यकता रहेको बताएका छन् । यसबाट केही मानिसलाई देश फेरि पनि विश्वमाझ एक्लिन्छ कि भन्ने चिन्ता लागेको छ ।

विश्वका लागि खुला हुनु र पश्चिमा देशबाट सिक्नुमा कुनै हीनताबोध नहुने बताउँछन् सांघाइस्थित प्राज्ञ तथा सांस्कृतिक आलोचक झुउ डाके ।

बेइजिङमा चोङयाङ पार्कतिर फर्किएको श्रीमती हुउको अपार्टमेन्टमा पर्चा टाँसिएको छ, जसमा समाजवादी मूल्यमान्यता राष्ट्रभक्ति र इमानदारी जस्ता विषय समेटिएका छन् । देशभक्त भएर देशको विषयमा आलोचना गर्नु असम्भव छ भन्ने उनलाई लाग्छ ।

योसँगै उनलाई सूचनामा भोग्नुपरेको कठिनाइको विषयमा पनि खासै चित्त बुझेको छैन । उनी भन्छिन्, ‘म चिनियाँ नागरिक हुँ तर मलाई चीनका सबै विषय महान् छन् जस्तो लाग्दैन ।’

पूर्णरूपमा उनको चित्त नबुझे पनि समाज सही दिशातर्फ बढेको उनको विश्वास छ । दुई कदम अघि र एक कदमपछि लिँदै समाज प्रतीक्षासँगै शान्तिउन्मुख भएको उनी बताउँछिन् ।

कार आफैँ चल्ने र मोबाइलबाट पैसा तिर्न मिल्ने जमानामा पनि चीनको ग्रामीण भेगमा रहेको असमानता बुझाउन हुउ आफ्नी छोरीलाई चीनको विपन्न स्थानतर्फ घुमाउन लैजान्छिन् । उनी चाहन्छिन्, उनकी छोरी सहनशील क्षमताले चीनमा बस्न सक्नेछिन् । बाँकी विश्वलाई पनि खुला होस् । त्यो भनेको चीन पनि पश्चिमा देशजस्तै होस् भन्ने होइन ।

(जेभियर सि हर्नाडिज बेइजिङस्थित द टाइम्सका संवाददाता हुन् । सन् २०१४ मा चीनमा बसाइँ सरेदेखि नै उनले चिनियाँ मिडियामा कम्युनिस्ट सरकारले वर्चस्व कसरी कायम गरेको छ भन्ने कलम चलाउँदै आएका छन् । जनवरी ९, २०१९ मा द न्युर्योक टाइम्समा प्रकाशित यो आलेख हामीले भावानुवाद गरेका हौँ ।)


भर्खर

0