अनेसास शिखर पुरस्कार साहित्यकार खड्कालाई | Khabarhub Khabarhub

अनेसास शिखर पुरस्कार साहित्यकार खड्कालाई


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कतार शाखाले हरेक वर्ष प्रदान गर्दै आएको अनेसास शिखर पुरस्कार यस वर्ष साहित्यकार विनोद खड्कालाई प्रदान गरिने भएको छ ।

तीन दशकदेखि लेखनमा संलग्न रहेका खड्का कतार प्रवेश पछि निरन्तर प्रवासी विषयवस्तुमा केन्द्रित रहेर कलम चलाउने लेखकका रूपमा चिनिन्छन् ।

विगत १५ वर्षदेखि कतारमा कार्यरत साहित्यकार खड्काको साहित्यिक साधना र योगदानको सम्मानका लागि उक्त पुरुषकार प्रदान गर्न लागिएको अनेसास शिखर पुरस्कार बोर्ड अफ ट्रष्टि, पुरस्कार समिति, अनेसास कतार शाखा र निर्णायकहरुको संयुकत बैठकले यो वर्ष खड्कालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

च्याप्टरले प्रवासमा रहेर नेपाली भाषा, संस्कृति, कला, साहित्य, गीतसङ्गीतमा योगदान पुराउने एक व्यक्तिलाई हरेक वर्ष वैद्यको जन्म जयन्तीको अवसर पारेर पुरस्कार प्रदान गर्ने गरिने छ । एक पटक पुरस्कृत भइसकेको स्रष्टा पुन: पुरस्कृत गरिने छैन ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ६ : ३५ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना