दुवै अध्यक्षका प्रस्ताव अब फिर्ता गर्न मिल्दैन : वरिष्ठ नेता खनाल | Khabarhub Khabarhub

दुवै अध्यक्षका प्रस्ताव अब फिर्ता गर्न मिल्दैन : वरिष्ठ नेता खनाल


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका कुनै प्रस्ताव फिर्ता नहुने बताएका छन्।

मंसिर ३ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीप्रति १९–पृष्ठ लामो आक्रामक प्रस्ताव पेस गरेपछि त्यसको जवाफमा प्रधानमन्त्री ओलीले आज शनिबारको बैठकमा ३८ पृष्ठ लामो जवाफी प्रस्ताव पस्तुत गरेका हुन्।

‘दुवैमध्ये कुनै प्रस्ताव फिर्ता हुँदैनन्, अब यी पार्टीका सम्पत्ति भएका छन्,’ पूर्वप्रधानमन्त्री खनालले बैठकमा राखेका भनाइ उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने, ‘यो सम्पत्ति सुन पनि हुनसक्छ, खिया लागेको फलामको टुक्रा पनि हुनसक्छ, जे भए पनि पार्टीको सम्पत्ति अब फिर्ता हुँदैन।’

उनले नेकपामा अहिले अन्तरसंघर्ष चर्केको तर पार्टीमा हुने यस्ता बहसबाट कोहि पनि डराउनुनपर्ने बताए ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ५ : ५० बजे

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा