१३ महिने बालिका सियोना श्रेष्ठको उपचारमा कतारबाट १० लाख सहयोग | Khabarhub Khabarhub

१३ महिने बालिका सियोना श्रेष्ठको उपचारमा कतारबाट १० लाख सहयोग


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- निकै दूलर्भ रोगबाट पीडित १३ महिने बालिका सियोना श्रेष्ठको उपचारका लागि कतारबाट संकलित सहयोग रकम पठाईएको छ ।

‘स्पाइनल मस्कुलर एट्रोफीबाट टाइप-१’ बाट पीडित श्रेष्ठको पोल्याण्डमा उपचार भइरहेको छ । उनको उपचारका लागि सहयोग अभियानबाट जुटेको १० लाख रूपैयाँ पोल्याण्डमा पठाइएको हो ।

कतारमा टिकटक मार्फत धेरै नेपालीको मन जित्न सफल दंगाली बाबु योगेश श्रेष्ठको पहल र डीआरके समूह कतारका सल्लाहकार तथा सामाजिक अभियन्ता राजन चापागाईं लगायतको टिमले १० लाख २५ हजार ६५८ रुपैयाँ सहयोग रकम पठाएको हो ।

अभियान्ता चापागाईंका अनुसार  डीआरके समूहले इन्द्रेणीका संचालक कृष्ण कंडेलको नाममा ५ लाख ५ हजार ६५८ रुपैयाँ र इन्द्रेणीकै नबराज तिमिल्सिनाको नाममा ५ लाख २० हजार रुपैयाँ पठाएको छ ।

जसमा इन्द्रेणी व्यवस्थापनको लागि २० हजार र अरु सियोना श्रेस्ठलाई इन्द्रेणीको टिममार्फत श्रेष्ठको घर परिवारलाई बोलाएर हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले बताए ।

सियोनाको उपचारको लागि २० करोड रकम खर्च हुने जनाइएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ८ : ३७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६