अमेरिकामा थप १ लाख ६४ हजारमा संक्रमण | Khabarhub Khabarhub

अमेरिकामा थप १ लाख ६४ हजारमा संक्रमण


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा थप १ लाख ६४ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एक महिनायता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख ६४ हजार १२ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो बृद्धिसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड ३४ लाख ५४ हजार २५४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७९ लाख ४५ हजार ५८२ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ५२ लाख ३७ हजार ६४६ जनामध्ये २४ हजार ४६४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ७१ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १३६४ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ७१ हजार २६ पुगेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ७ : ५५ बजे

बारम्बार तिर्खा लाग्नु स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौं– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना

आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको

कतै मेघगर्जन र चट्याङसहितको वर्षा, कतै हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बुधबार सन्