काठमाडौँमा आज यो वर्षकै धेरै जाडो | Khabarhub Khabarhub

काठमाडौँमा आज यो वर्षकै धेरै जाडो


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँमा आज यो वर्षकै धेरै जाडो भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  शनिबार विहान काठमाडौँको तापक्रम यो वर्षकै कम मापन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियसमा झरेको हो ।

यसअघि शुक्रबार ८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम एकैदिन ३.५ डिग्रीले घटेको हो ।

राति देशभरीकै मौसम सफा भएकाले बिहान देशभर तापक्रम घटेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

उनका अनुसार राति मौसम सफा भए बिहानको तापक्रम घट्छ । तर, राति बादल लागे बिहानको तापक्रम बढ्छ ।

तापक्रम घटेकाले धेरै चिसो महसुस भएको उनले बताए ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ७ : २३ बजे

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०