चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा | Khabarhub Khabarhub

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र आवश्यक भएपछि यहाँबाट पठाउन थालिएको हो ।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार कोभिड– १९ सङ्क्रमण भई निको भएकाबाट यहाँ सङ्कलन भएका ७१ युनिट प्लाज्मामध्ये ११ युनिट बाहिरी जिल्ला पठाइएको छ ।

पौडेलका अनुसार भैरहवामा छ युनिट र काठमाडौँमा पाँच युनिट पठाइएको हो । अन्य जिल्लाबाट पनि माग हुन थालेको उनले जानकारी दिए ।

हाल केन्द्रमा ए पोजेटिभ ८, ओ पोजेटिभ १९, बि पोजेटिभ १२, एबी पोजेटिभ २ युनिट जगेडा रहेको छ । चार युनिट दातामा अन्य समस्या भएपछि प्रयोग गर्न नमिल्ने भएको हो । जिल्लाका विभिन्न अस्पतालमा १५ युनिट बिरामीलाई चढाइएको केन्द्रले जनाएको छ ।

नवलपरासी जिल्लाबाट ३३ युनिट, जिल्लामा शिविरमार्फत् ३२ युनिट र संस्थामा आएर छ जनाले प्लाज्मा दान गरेका हुन् । देशभरमा नै सबैभन्दा बढी चितवनमा प्लाज्मा सङ्कलन भएको पौडेलले दाबी गरे ।

सामाजिक सङ्घसंस्थाले अभियान नै सञ्चालन गरेर प्लाज्मा सङ्कलन गरेपछि यहाँ र बाहिरसमेत पठाउन सकिएको उनको भनाइ छ ।

सङक्रमितको नतिजा नेगेटिभ आएको १४ दिनपछि ४५ दिनभित्र रगत सङ्कलन गरी प्लाज्मा बनाउनुपर्ने हुन्छ । यसका लागि लक्षण देखिएका सङ्क्रमित चाहिने पौडेलको भनाइ छ ।

जिल्लाको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेजसँगै पुष्पाञ्जलि अस्पतालमा गम्भीर अवस्थाका सङ्क्रमितको उपचार हुँदै आएको छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार निको भएका कोरोना सङ्क्रमितको रगतबाट प्लाज्मा निकालेर सङ्क्रमितको शरीरमा चढाउने प्रक्रिया नै प्लाज्मा थेरापी हो । यसबाट गम्भीर अवस्थाका सङ्क्रमितको उपचार गर्न सहयोग पुग्छ ।

रगतमा हुने प्रोटिनसहितको पहेँलो पदार्थ नै प्लाज्मा हो । निको भएका सङ्क्रमितको विकास भएको एन्टिबडीको प्लाज्मा सङ्क्रमितलाई दिएर भाइरससँग लड्नसक्ने क्षमता यसले विकास गर्ने अधिकारीको भनाइ छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ३ : ५१ बजे

निलम्बित सचिव मधु मरासिनीले सफाइ पाए, सुनील पौडेल दोषी ठहर

मधु मरासिनी काठमाडौं- निलम्बनमा परेका नेपाल सरकारका सचिव मधु मरासिनीलाई

३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम

काठमाडौं– तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने

काठमाडौं– समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासाथ बैशाख १२

चार लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

बुटवल– सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल

आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु

गल्याङ– स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको