शाहरुखलाई फ्यानले सोधे – अब ५० वर्षपछि घोषणा गर्ने हो नयाँ फिल्म ? | Khabarhub Khabarhub

शाहरुखलाई फ्यानले सोधे – अब ५० वर्षपछि घोषणा गर्ने हो नयाँ फिल्म ?


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड सुपरस्टार शाहरुख खान दुई वर्षदेखि फिल्ममा देखिएका छैनन् । उनले अहिलेसम्म नयाँ फिल्मको घोषणा गरेका छैनन् ।

यसैबीच शाहरुखलाई उनका फ्यानले आगामी फिल्म कहिले घोषणा गर्ने भन्दै प्रश्न राखेका छन् ।

शाहरुखले हालै ट्वीटरमा आफूलाई प्रश्न सोध्न फ्यानहरुलाई भनेका थिए । सोही क्रममा एक फयानले सोधे – सर, मेरो जीवनको केवल ५० वर्ष बाँकी छ, त्यतिबेलासम्म तपाईं आफ्नो नयाँ फिल्म घोषणा गर्नुहुन्छ ?

फ्यानको जवाफमा शाहरुख खानले लेखे – मेरो जीवनको ५० भन्दा बढी समय भयो फिल्म गर्दागर्दै, पक्कै पनि यही गरिरहनेछु अघिल्लो ५० वर्ष पनि, अघिल्लो ५० वर्षसम्म पनि कृपया तपाईं हेर्दै जानुस् ।’

शाहरुखको यो जवाफलाई फ्यानले रमाइलो मानेर शेयर गरेका छन् ।

शाहरुख यसअघि अनुष्का शर्मा र क्याटरीना कैफसँग फिल्म ‘जिरो’ मा देखिएका थिए । उक्त फिल्म फ्लप भएपछि उनी कुनै फिल्ममा देखिएका छैनन् । तर, आफ्नो प्रोडक्सन हाउसबाट उनले वेब सिरिज भने निर्माण गरिरहेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  १२ : ०२ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न