स्थानीय तहमा विद्युत विस्तार हुँदै | Khabarhub Khabarhub

स्थानीय तहमा विद्युत विस्तार हुँदै


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– जिल्लाको पूर्वीचौँकी गाउँपालिकाका नौ वटै वडामा राष्ट्रिय प्रसारणको विद्युत सेवा पुगेसँगै अर्को स्थानीय तह आदर्श गाउँपालिकाले पनि आफ्ना सबै वडामा विद्युत सेवा बिस्तार गर्न थालेको छ ।

यहाँका स्थानीय तहले आफ्ना वडाहरुमा विद्युत सेवा विस्तारका लागि होडबाजी नै चल्न थालेको छ । जनप्रतिनिधीको पहलमा जिल्लाका नौ स्थानीय तह मध्ये जोरायल, बडिकेदार, बोगटानफुड्सिल, सायल, पूर्वीचाँकी, केआइसिंह तथा आदर्श गाउँपालिकामा तिब्र रुपमा विद्युत विस्तारको काम भइरहेको डोटी साना जलविद्युत कार्यालयले जनाएको छ ।

जिल्लाको आदर्श गाउँपालिका वडा नं. ५ लामिखालमा पोल गाढेको पाँच वर्षपछि विद्युत सेवा पुगेको छ । यहाँका करिव ४०० घरधुरीले विद्युत् सेवा पाएका छन् । दशैँको अवसर पारेर गाउँमा विद्युत सेवा बिस्तार गरिएपछि गाउँले खुसी भएका हुन् ।

पोलगाडेको वर्षौपछि गाउँपालिकाको विशेष पहलमा अहिले आएर राष्ट्रिय प्रसारणलाइनको विद्युत बिस्तार गरिएको भन्दै स्थानीयबासीमा खुसियाली छाएको स्थानीय रमेशबहादुर साउदले जानकारी दिए । विद्युत नहुँदा सल्लाको दियालो तथा टुकीका भरमा उज्यालो गर्दै आएका नागरिक गाउँमा विद्युत बिस्तार भएपछि निकै खुसी भएको स्थानीय धनबहादुर नेपालीले बताए ।

नेपाल बिद्युत प्राधिकरणको केन्द्रीय लाईन प्राधिकरण र आदर्श गाउँपालिकाको संयुक्त सहकार्यमा उक्त वडाको केन्द्र लामीखालमा पहिलो पटक विद्युत बिस्तार गरिएको गाउँपालिका अध्यक्ष टेकबहादुर रोकायाले बताए । उनले भने, “बिजुलीले त्यहाँका नागरिकले उज्यालो पाएका छन् ।”

गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा विद्युत विस्तारका लागि बजेट विनियोजन गरिएपछि अहिले विद्युत विस्तारको काम अघि बढेको गाउँपालिका अध्यक्ष रोकायाले जानकारी दिए ।

जिल्लाका अधिकांश स्थानीय तह तथा गाँउपालिकाका प्रत्येक घरमा चालु आर्थिक वर्षको अन्तिमसम्म बिजुली बाल्ने विद्युत कार्यालय र स्थानीय तहले संयुक्त योजना बनाएर सोही अनुसार पत्राचार गरेकाले काम अघि बढाईरहेको डोटी साना जलबिद्युत कार्यालय दिपायलका प्रमुख कपिलदेव जोशीले जानकारी दिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ११ : ४० बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा