बाघको आक्रमणबाट दुई सातामा तीन जनाको मृत्यु | Khabarhub Khabarhub

बाघको आक्रमणबाट दुई सातामा तीन जनाको मृत्यु


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बर्दियामा पाटेबाघको आक्रमणमा दुई जनाको मृत्यु भएको छ ।

भारतको कर्तनियाघाट बनविहार तथा बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने जैविकमार्ग मधुवन नगरपालिका-३ धनौरास्थित बेलझुण्डी सामुदायिक वनमा बाघले आक्रमण गर्दा दुई जना स्थानीय युवाको मृत्यु भएको हो ।

खाता जैविक मार्गमा एक साताअघि घाँस काट्न गएकी स्थानीय २९ बर्षीया गंगा खत्रीको बाघको आक्रमणबाट मृत्यु भएको थियो।

मंगलबार पाटे बाघले आक्रमण गर्दा मधुवन नगरपालिका ३ का २९ वर्षीय उमेश चौधरी र २६ वर्षीय दिनेश चौधरीको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र बाग्लेले बताए ।

जैविकमार्ग नजिकै सामुदायिक वनलाई वासस्थान बनाएको पाटेबाघले मान्छे मार्न थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन् ।

बाघले धमाधम मान्छेलाई आक्रमण गर्न थालेपछि बिहानको समयमा वन क्षेत्रमा प्रवेश नगर्न कार्यालय प्रमुख बाग्लेले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ९ : ३५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६