चितवनमा थप दुई संक्रमितको मृत्यु | Khabarhub Khabarhub

चितवनमा थप दुई संक्रमितको मृत्यु


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचार गराइरहेका नवलपुरको गैंडाकोट नगरपालिका–२ का ५४ वर्षीय पुरुषको मंगलबार साँझ मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

कात्तिक ३ गते स्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा ४ गते संक्रमण पुष्टि भएको थियो ।

यस्तै भरतपुर अस्पतालमा उपचाररत गोरखाकी १९ वर्षीया युवतीको पनि कोरोनाले मंगलबार साँझ नै मृत्यु भएको छ ।

बारपाक सुलिकोट गाउँपालिका– १ की युवतीको कार्तिक ५ गते कोभिड– १९ संक्रमण पुष्टी भएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई कार्तिक ६ गते  आइसीयुमा राखेर उपचार भइरहेको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ९ : २१ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र