भारत र अमेरिकाबीच 'बेका' सम्झौता, रक्षासम्बन्धी सूचना आदान प्रदान हुँने | Khabarhub Khabarhub

भारत र अमेरिकाबीच ‘बेका’ सम्झौता, रक्षासम्बन्धी सूचना आदान प्रदान हुँने


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारत र अमेरिकाबीच रक्षा सम्बन्धी सूचना आदान प्रदान गर्ने गरी ‘बेका’ नामक रक्षा सम्झौता भएको छ।

आधारभूत आदानप्रदान तथा सहायता सम्झौता (बेका) नामक यो द्विपक्षीय सहमतिपछि दुई देशले महत्वपूर्ण सैन्य प्रविधि, भूरणनीतिक नक्साहरु र भूउपग्रहसम्बन्धी गोप्य तथ्याङ्कहरु आदानप्रदान गर्नेछन् ।

सम्झौता अनुसार भारतले अमेरिकाले जम्मा पारेका सूचनामा पहुँच पाउनेछ । यसले मिसाइल, ड्रोनलगायतका आक्रमणमा सहज हुनेछ ।

इण्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो आर्थिक तथा सैन्य प्रभावलाई निस्तेज पार्ने प्रतिबद्धताका साथ यो सम्झौता गरिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओ र रक्षामन्त्री मार्क एस्पर र उनीहरुका भारतीय समकक्षी एस जयशंकर र राजनाथ सिंहले मंगलबार दिल्लीमा उक्त सम्झौता गरेका हुन्।

इण्डो–प्यासिफिक क्षेत्रमा चीनको आर्थिक तथा सैन्य प्रभाव बढिरहेको र पूर्वी लद्दाखमा भारत र चीनबीच तनाब बढिरहेका बेला अमेरिकासँग भएको यो रक्षा सम्झौता महत्वपूर्ण ठानिएको छ ।

सम्झौतापछि भारतीय रक्षामन्त्री राजनाथ सिंहले आफूहरु इण्डो–प्यासिफिक क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको बताएका छन्।

अमेरिकी विदेशमन्त्री पोम्पिओले भारतका जनता सार्वभौमसत्ता र स्वतन्त्रताका पक्षमा लड्दा अमेरिका भारतीय जनताका पक्षमा उभिने बताएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ८ : ३९ बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,