प्रजिअलाई कारबाहीको माग गर्दै केसी समर्थकले दिए उजुरी | Khabarhub Khabarhub

प्रजिअलाई कारबाहीको माग गर्दै केसी समर्थकले दिए उजुरी


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डाक्टर केसीका समर्थकहरुले काठमाडौंका प्रमूख जिल्ला अधिकारी र काठमाडौं प्रहरी परिसरका प्रमुखलाई कारबाहीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् ।

उनीहरुले प्रमूख जिल्ला अधिकारी जनकराज दाहाल र काठमाडौं प्रहरी परिसरका प्रमुख श्याम ज्ञावाली लगायतलाई कारबाहीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका हुन् ।

उनीहरुले अनसनरत डाक्टर गोविन्द केसीको जीवनरक्षा तथा डा केसीका माग सम्बोधन गर्न दवाव दिदै गरेको शान्तिपूर्ण भेला भैरहेको ठाउँबाट विना कारण पक्राउ गरेको र पक्राउ गर्दा जनस्वास्थ्यको मापदण्ड पालना नगरेको समेत आरोप लगाएका छन् ।

उनीहरुले डा केसीको समर्थनमा शान्तिपूर्ण भेला गर्दा आफुहरुलाई हिरासतमा राखी बन्दक बनाएको र पक्राउको कारण कारणबाट जानकारी समेत नगराएको बताएका छन् ।

डा केसी चिकित्सा शिक्षा सुधारका विभिन्न माग रादै १९ दिनअघिदेखि अनसनरत छन् । त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको चिकित्सकहरुले जानकारी दिएका छन् ।

डा केसीको जीवनरक्षाको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स र त्रिवि शिक्षण अस्पतालका रेसिडेन्ट चिकित्सकहरुले कालो पट्टि बाँधेर सेवा दिएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ७ : २५ बजे

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।