अस्पतालमाभन्दा होम आइसोलेसनमा बढी संक्रमित, कसरी हुन्छ निगरानी ? | Khabarhub Khabarhub

अस्पतालमाभन्दा होम आइसोलेसनमा बढी संक्रमित, कसरी हुन्छ निगरानी ?


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना संक्रमितको संख्या बढ्दै जाँदा संस्थागत आइसोलेसनमा भन्दा होम आइसोलेसनमा बढी संक्रमित रहेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर १९ हजार ६२४ जना सक्रिय संक्रमण रहेका छन् । ती मध्ये १० हजार ९२९ जना संक्रमितहरु होम आइसोलेसनमा छन् ।

यस्तै ८ हजार ६९५ जना कोरोना संक्रमितहरु संस्थागत आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका अनुसार सक्रिय संक्रमित मध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा संक्रमित रहेका छन् ।

देशभर रहेका १९ हजार ६२४ जना सक्रिय संक्रमित मध्ये १२ हजार ५१ जना बागमती प्रदेशमा मात्र छन् ।

मन्त्रालयका अनुसार बागमती प्रदेशमा मात्र ६ हजार ३४९ जना होम आइसोलेसनमा छन् भने ५ हजार ७०२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यस्तै प्रदेश १ मा १ हजार ४३४ जना, प्रदेश २ मा ७२५ जना, गण्डकी प्रदेशमा ४८९ जना, प्रदेश ५ मा १ हजार ५४१ जना, कर्णाली प्रदेशमा २४२ जना र सुदूरपश्चिम प्रदेशमा १४९ जना संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् ।

यस्तै संस्थागत आइसोलेसनमा प्रदेश १ मा १९० जना, प्रदेश २ मा ९२६ जना, गण्डकी प्रदेशमा ४१९ जना, प्रदेश ५ मा ५७२ जना, कर्णाली प्रदेशमा ३६२ जना र सुदूरपश्चिम प्रदेशमा ५२४ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्यसंस्थाले धान्न नसक्ने भन्दै लक्षण भएका तथा सामान्य लक्षण देखिएका कोरोना संक्रमितलाई अस्पताल भर्ना नगर्ने निर्णय गरेको थियो । सोही निर्णय पछि लक्षण बिहीन तथा सामान्य लक्षण भएका कोरोना संक्रमितहरु होम आइसोलेसनमै बस्दै आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको निगरानी स्थानीय तहहरुले गरिरहेको बताए

‘होम आइसोलेसनमा भएका संक्रमितहरुलाई अहिले स्थानीय तह अर्थात सम्बन्धित नगरपालिका तथा वडाले निगरानी गरीरहेको छ,’ डा गौतमले भने, ‘होम आइसोलेसनमा हुने संक्रमितहरुले छुट्टै कोठामा बस्नुपर्छ, घरमा दुईजना पोजेटिभ छन् भने एउटै कोठामा बस्न पनि मिल्छ, संक्रमितका लागि बाथरुम छुट्टै हुनुपर्छ, घरको कम्पाउन बाहिर निस्किन हुँदैन, मास्क लगाउने र ज्वारे आयो, खोकी धेरै लाग्यो र श्वासप्रश्वासमा समस्या भयो भने सम्बन्धित वडाको स्वास्थ्यकर्मीलाई खबर गर्नुपर्छ ।’

वडा वा नगरपालिकाका स्वास्थ्यकर्मीसँग सम्पर्क हुन नसकेमा स्वास्थ्य सेवा आवश्यक भएका होम आइसोलनमा भएका संक्रमितले स्वास्थ्य मन्त्रालयमा पनि सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको उनले बताए ।

डा गौतमलले लक्षण देखिएमा सम्बन्धित स्थानीय निकायमा सम्पर्क गरे स्वास्थ्यसंस्थामा लगिने जानकारी दिए ।

यदी लक्षण नदेखिएको अवस्थामा भने १४ दिन होम आइसोलेसनमा बसेपछि उक्त संक्रमित कोरोना मुक्त हुने पनि बताए । होम आइसोलेसनमा रहेका संक्रमितहरुलाई १५ दिन पछि विना परीक्षण डिस्चार्ज भनेर विवरण राख्ने गरेको डा गौतमले बताए ।

उनले कोरोना संक्रमतिको सम्पर्कमा आएका व्यक्तिहरुको सरकारले निशुल्क कोरोना परीक्षण गरिरहेकाले कोरोना संक्रमितको सम्पर्कमा आउनेहरुलाई कोरोना परीक्षण गराउन पनि आग्रह गरे ।

‘अहिले सरकारले जसको लक्षण छ, जसको घरमा बस्न सम्भव छैन, त्यस्तो संक्रमितलाई मात्र व्यवस्थापन गर्छ,’डा गौतमले भने, ‘कन्ट्याक ट्रेसिङमा परेकाहरुलाई सरकारले निशुल्क परीक्षण गराइरहेको छ, अहिले काठमाडौं उपत्यकामा संक्रमितको सम्पर्कमा आएकाहरु आफैले स्वास्थ्यसंस्थामा आएर कोरोना परीक्षण गराउने गरेका छन् ।’

लक्षण बिहीन संक्रमतिहरुलाई होम आइसोलेसनमा व्यवस्थापन गरेपछि लक्षणसहितका तथा गम्भिर प्रकृतिका कोरोना संक्रमतिलाई व्यवस्थापन गर्न पनि सहज भएको डा गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ७ : ११ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६