विराटको बैङ्लोर र रोहितको मुम्बई भिड्दै | Khabarhub Khabarhub

विराटको बैङ्लोर र रोहितको मुम्बई भिड्दै


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र भारतकै अर्का सफल खेलाडी राहित शर्माले नेतृत्व गरेका दुई टोली आज (सोमबार) इन्डियन प्रिमियर लिग (आईपीएल) मा आमनेसामने हुँदैछन् ।

शारजहा त्रिकेट मैदानमा नेपाली समयअनुसार राति पौने आठ बजे कोहलीको रोयल च्यालेन्जर्स बैङ्लोर र रोहितको मुम्बई इन्डियन्स मैदान उत्रिनेछन् ।

विराट कोहली विश्व क्रिकेटमै सफल खेलाडी हुन् । तर, उनले आईपीएलमा भने टीमलाई उपाधि दिलाउन सकेका छैनन् । बैंङ्लोरका लागि कोहलले व्यक्तिगत राम्रो गरेपनि टीमले उपाधि भने उचाल्न सकेको छैन् ।

यता, रोहित भने व्यक्तिगत रुपमा जति सफल खेलाडी मानिन्छन् त्यति नै उनले आईपीएलमा आफ्नो टीमलाई सफलता दिलाइसकेका छन् ।

साविक विजेता मुम्बई बैङ्लोरलाई रोक्ने लक्ष्यमा छ । किनकी यस सिजनमा मुम्बईले खेलेका तीन खेलमा दुई जीत हात पारेको छ भने एक खेलमा हार व्येहोरेको छ ।

आफ्नो तेस्रो खेल खेल्न लागेको बैङ्लोरले एक खेलमा जीत हात पारेको छ भने एक खेलमा हार व्येहोरेको छ ।

बैङ्लोरसँग विश्व चर्चित खेलाडी ए बि डि भिलियर्स, कप्तान कोहली, युज्भेन्द्र चहाल, नवदिप शैनि जस्ता क्षमतावान खेलाडी छन् । यस्तै, मुम्बईमा कप्तान रोहित, सुर्यकुमार यादव, क्विन्टन डि कक, टेन्ट बोल्ट, जस्प्रीत बुम्राह र राहुल चहार जस्ता खेलाडी छन् ।

यस्तै, यो खेल कोहलीका लागि टि –२० कप्तानका रुपमा १ सय ५० औं खेल हो भने बैङ्लोरबाट १सय १२ औं खेल कप्तानी गर्नेछन् ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ६ : ३० बजे

मधेस प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन

जनकपुरधाम- मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रपरिषद् पुनर्गठन गरेका छन्

चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि

हङकङ– चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

झापा– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध व्यापारलाई

कामपाले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै

काठमाडौं– काठमाडौँ महानगरपालिका (कामपा) ले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने

कार्यान्वयनमुखी बजेट ल्याउन विज्ञहरुको सुझाव

काठमाडौं– विज्ञहरुले आगामी आर्थिक वर्षका लागि कार्यान्वयनमुखी बजेट ल्याउन सुझाव