विधानसम्मत महाधिवेशन गर्न माग गर्दै देउवालाई ज्ञापनपत्र | Khabarhub Khabarhub

विधानसम्मत महाधिवेशन गर्न माग गर्दै देउवालाई ज्ञापनपत्र


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पार्टीको महाविधेशन विधानसम्मत गर्न माग गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यहरुले सभापति शेरबहादुर देउवालाई विरोधपत्र बुझाएका छन् ।

सभापति देउवाको कार्यशैलीसँग असन्तुष्ट पार्टीका वरिष्ठ नेता पौडेलसहितका र केही पदाधिकारी र केन्द्रीय सदस्यहसहित २७ जनाले मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् २७ विरोध पत्र दर्ता गरेका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह लगाएतका नेताहरुले विरोधपत्र दर्ता गरेका हुन् ।

विरोधपत्रमा आगामी १९ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठकमार्फत् आफूहरूका माग समाधान नभए संघर्षका कार्यक्रम गर्न बाध्य हुने उल्लेख गरिएको छ ।

पार्टीको विभागदेखि भातृ संस्थाका म्याद थप गर्नु गल्ती भएको औल्याउँदै सबै विभाग र म्याद थपिएका सबै भातृ संगठनको खारेजी गर्न माग समेत गरेका छन् । महाविधेशनको मुखैमा विभागहरु गठन गरेर महाविधेशन प्रभावित पार्न खोजेको आरोप उनीहरुको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ५ : ३८ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न