ला लिगामा बार्सिलोनाको शानदार सुरुवात | Khabarhub Khabarhub

ला लिगामा बार्सिलोनाको शानदार सुरुवात


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको छ । बार्सिलोनाले सिजनको आफ्नो पहिलो खेलमा भिल्लारियलविरुद्ध ४–० गोल अन्तरको फराकिलो जीत हात पारेको हो ।

बार्सिलोनाका लागि युवा स्टार अंशु फातीले दुई कप्तान लियोनल मेस्सी एक गोल गरेका थिए भने एक गोल उपहार पाएको हो ।

फातीले खेलको सुरुवाती दुई गोल गर्दै टीमलाई सहज अवस्थामा पुर्‍याएका थिए । उनले ५ मिनेटको अन्नतरमा दुई गोल गरे । पहिलो गोल खेलको १५ औं मिनेटमा गरे भने दोस्रो गोल १९ औं मिनेटमा गरेका हुन् ।

यस्तै, सुरुवाती दबाबमा परेको भिल्लारियलविरुद्ध कप्तान मेस्सीले खेलको ३५औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् । विपक्षी टोली भिल्लारियलका खेलाडीले पेनाल्टी क्षेत्रमा बार्सिलोनाका खेलाडीमाथि गलत फाउल गरेपछि बार्सिलोनाले पेनाल्टी अवसर पाएको थियो ।

त्यस्तै, खेलको ४५ औं मिनेटमा भिल्लारियलका पाउ टोरेसले आत्मघाती गोल गर्दा बार्सिलोनाले पहिलो हाफमै ४–० गोलको फराकिलो अन्तर बनाएको हो ।

नयाँ प्रशिक्षकका रुपमा रोनाल्डो कोइमयान बार्सिलोना आएपछिको पहिलो खेलमा शानदार जीत हात पारेका छन् । यो सिजन शुरु हुनु अगाडि कप्तान लियोनल मेस्सीले क्लब छाड्न चाहेका थिए । तर, क्लब तयार नभएपछि मेस्सी कानूनी उपचारमा नगई बार्सिलोनामै रहने निर्णय गरेका थिए ।

जीतसँगै बार्सिलोनाले ३ अंक जोडेको छ भने पराजित भिल्लारियलले खराब सुरुवात गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ७ : ४२ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा